अर्थमन्त्री डा.खतिवडा आज राति सुटुक्क फिजी जानुको कारण के हो ?

अर्थमन्त्री डा. युवराज खतिवडा आज राती फिजीतर्फ प्रस्थान गर्दैछन्। आगामी मे ०२–०५ सम्म फिजीको नादीमा आयोजना हुने एशियाली विकास बैंकको बोर्ड अफ गभर्नर्सको ५२ औं वार्षिक बैठकमा भाग लिन मन्त्री खतिवडा त्यसतर्फ जान लागेका हुन् ।

बैठकमा मन्त्रि खतिवडाले नेपालको गर्भनरको रुपमा वार्षिक बैठकका विषय सूचीहरुमा धारणा राख्ने छन्। अर्थमन्त्री खतिवडाले एशियाली विकास बैंकका अध्यक्ष तथा दक्षिण एशियाका महानिर्देशक, युरोपियन लगानी बैंक , ओफिडलगायतका वित्तिय संस्थहरुका उच्च पदस्थ प्रतिनिधिहरुसँग महत्वपूर्ण छलफल तथा भेटघाट गर्ने कार्यक्रम तय भएको छ।

दक्षिण एशियाली क्षेत्रिय सहयोग ९सार्क० अर्थमन्त्रीस्तरीय अनौपचारिक बैठकलाई अध्यक्षता गर्दै सम्बोधन गर्नेछन्। यसका साथै सार्क विकास कोषको गर्भनिङ काउन्सिलको बैठकमा समेत उनी सहभागी हुने कार्यक्रम छ।

उनले बैठक र द्धिपक्षीय वार्ताको क्रममा नेपालको संंघीयता कार्यान्वयन, पूर्वाधार निर्माणलगायत समग्र विकासको लागि आवश्यक पर्ने वित्तीय स्रोत जुटाउन आवश्यक पहल गर्नुका साथै नेपालमा लगानीको वातावरण सुधार हुर्दै गएको सन्देश विश्व समुदायका वित्तीय क्षेत्रका जानकारहरुलाई दिनेछन्।

उनले मुलुक संघीयता कार्यान्वयनको चरणमा भएकाले वित्तीय संघीयतालाई व्यवहारिक रुपमा सफल कार्यान्वयनको प्रक्रियामा प्रवेश गरेको विश्व समुदायलाई जानकारी दिनेछन्। अर्थमन्त्री खतिवडा २१ गते साँझ स्वदेश फर्किने कार्यक्रम छ।