ताजा समाचार

वैशाख २५ गते २०७६

उपल्लो मुस्ताङमा लोमान्थाङ गाउँपालिका महोत्सव हुने

पर्यटकीय माटोको ऐतिहाँसिक सहर लोमान्थाङमा प्रथम हिमाल महोत्सव आयोजना हुने भएको छ ।नेपाल भ्रमण वर्ष ट्वान्टी ट्वान्टीलाई लक्ष्य गरेर लोमान्थाङ गाउँपालिका र एक्याप लोमान्थाङले महोत्सवको आयोजना गर्ने तैयारी गरेको प्रमुख प्रशासकीय अधिकृत शुशिल अर्यालले जानकारी दिए ।

“कृषि, खेलकुद, संस्कृति,गुफा अनि दरबार ,प्रथम लोमान्थाङ गाउँपालिका महोत्सव पर्यटनको आधार“ भन्ने मूल नाराका साथ महोत्सवको तैयारी भईरहेको अधिकृत अर्यालले बताए ।आउँदो ज्येष्ठ १६ गते देखि १९ गते ४ दिन सम्म महोत्सव संञ्चालन हुनेछ ।यसका लागि लोमान्थाङ गाउँपालिकाका अध्यक्ष सुवर्णकुमार बिष्टको अध्यक्षतामा २५ सदस्यीय महोत्सव मुलसमारोह समिति गठन भएको छ ,भने महोत्सवको सदस्य सचिवमा प्रमुख प्रशासकीय शुशिल अर्याल छन् ।

समितिमा स्थानीय जनप्रतिनिधिहरु, पर्यटन व्यवसायी, व्यापारी, गाउँ मुखिया, युवा क्लव, आमा समुहका प्रतिनिधि, एक्यापका कार्यालय प्रमुख लगायतका सदस्य छन् ।यस्तै,महोत्सव भब्य र सभ्य रुपमा सफल पार्न विभिन्न ८ वटा उपसमिति गठन गरिएको छ ।जसमा खेलकुद,सांस्कृतिक,कृषि प्रर्दशनी,हस्तकला प्रर्दशनी आदी छन् । समितिले बिभिन्न समिति र उपसमितिहरुलाई कामको बाँडफाँट समेत गरेको छ ।महोत्सव अतिथि सत्कार,व्यवस्थापन ,आवास,स्वास्थ्य लगायतका बिभिन्न बिधाका जिम्मेवारी तोकिएको समितिका सदस्य सचिव अर्यालले जानकारी दिए ।उनका अनुसार महोत्सवको मुख्य आकर्षकमा याक राइडीङ, पाहुना हरुलाई गुफा भित्रै भोजन तथा आवासको व्यवस्थासहितको केभ रेस्टुरेन्ट एण्ड लज, घोडा दौड, स्थानीय भेष भुषा सहितको मौलिक सांस्कृतिक नृत्य, स्थानीय खेलकुद प्रतियोगिता लगायत विविध सांस्कृतिक कार्यक्रम आयोजना हुँनेछन् ।

यस्तै,महोत्सवमा खाना उत्सवका साथै स्थानीय उत्पादन प्रवर्धनका लागि प्रदशनी स्टल राखिने उनले जानकारी दिए । महोत्सव मुल आयोजक समितिका अध्यक्ष सुवर्णकुमार बिष्टले उपल्लो मुस्ताङको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको बताए ।उनले उपल्लो मुस्ताङ भौगोलिक ,सांस्कृति ,धार्मिक र सामाजिक रुपमा महत्वपूर्ण गन्तब्य भएको उल्लेख गर्दै महोत्सव अवलोकन गर्ने पर्यटकले उपल्लो मुस्ताङको जिवन्त तस्विर देख्न सक्ने जानकारी दिए । विश्वकै सम्पदा सुचिमा सुचिकृत उपल्लो मुस्ताङको लोमान्थाङमा यातायातको पहुँच जोडिएकाले अपेक्षा अनुसारको पर्यटक भित्रने आयोजकको दावी छ ।

महोत्सवमा आउने पर्यटकले उपल्लो मुस्ताङ संग कोरलानाकाको अवलोकन गर्नसक्ने छन् ।यसप्रकारको महोत्सवले सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पु¥याउने गाउँपालिकाका अध्यक्ष बिष्टको भनाई छ