ताजा समाचार

वैशाख २७ गते २०७६

यो वर्षको आर्थिक बृद्धिदर ७ प्रतिशत

अर्थमन्त्री डा युवराज खतिवडाले यो वर्षको आर्थिक बृद्धिदर ७ प्रतिशतले हुने बताएका छन् ।

प्रतिनिधि सभामा आगामी वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै उनले यो वर्ष ७ प्रतिशतले आर्थिक बृद्धि हुने बताएका हुन् ।

केही समय अघिमात्र केन्द्रीय तथ्यांक विभागले यो वर्षको आर्थिक बृद्धि ६.८१ प्रतिशतले हुने बताएको थियो । खतिवडाले ७ प्रतिशत भनेको यो पनि विभागकै तथ्यांक हो ।

तर अर्थमन्त्री खतिडाले भने यो वर्ष आधरमूल्यमा कर जोडेपछि हुने उत्पादकको मूल्यमा भएको बृद्धिदरलाई उल्लेख गरेका हुन्।