मंगलबार एकै दिन सुनको भाउ तोलामा एक हजारले बढेको छ । तीन दिनयता छापावाल सुनको भाउ तोलामा ६० हजारमा कारोबार भइरहेकोमा मंगलबार तोलामा रु १ हजारले बढेर ६१ हजारमा कारोबार भइरहेको हो ।
यस्तै तेजावी सुन ६० हजार ७०० मा कारोबार भइरहेको छ भने चाँदी तोलामा ७२५ मा कारोबार भइरहेको छ । यसअघि सोमाबार चाँदी ७२० मा कारोबार भएको थियो ।




