निर्माणको क्षेत्रमा काम गर्दै आएका ब्यवसायीहरुको सोमबार भएको एक भेलाले गण्डकी प्रदेश स्तरिय रेडिमिक्चर तदर्थ समिति गठन गरेको छ ।
गुणस्थरीय निर्माणमा सहयोग पुग्ने गरि गण्डकी प्रदेशमा भएको रेडिमिक्चर ब्यवसायीहरुको भेलाले सस्थागत हितलाई मध्यनजर राख्दै सप्तगण्डकी आर यम सीका संचालक मेजर रामप्रसाद गुरुङको अध्यक्षतामा सात सदस्यीय तदर्थ समिति चयन गरेको हो ।
नव गठित समितिको उपाध्यक्षमा तारानाथ पाठक, महासचिवमा अर्जुन थापा, उप महासचिवमा रामप्रसाद सुवेदी, कोषाध्यक्षमा तिलक गुरुङ र सदस्यमा बेलवहादुर बस्नेत र सुर्य नारायण बराल रहेका छन् ।
यसैगरि सोही भेलाले सल्लाहकार समिति संयोजकमा नारायण गुरुङ र सल्लाहकारमा राजेन्द्र ओझा, रामजी सिके, राजन गुरुङ र ईन्द्र प्रसाद त्रिपाठीलाई चयन गरेको हो । उक्त कार्यक्रमको संचालन सप्तगण्डकी आर एम सीका अध्यक्ष राजेन्द्र ओझाले गरेका थिए ।




