ताजा समाचार

जेठ ४ गते २०७६

मुस्ताङमा फेरी चर्चा : नुन र युरोनियम अन्वेषण

लामो समयको अन्तरालपछि मुस्ताङमा पुनः नुन खानी र युरोनियमको अन्वेषण थालिएको छ ।यसका लागि खानी तथा भुगर्व बिभागका २ सदस्यीय टोली मंगलबार मुस्ताङ आएका छन् ।


संघीय सांसद प्रेमप्रसाद तुलाचनको पहलमा खनिज अध्ययनको प्रारम्भिक सर्वे गर्न खानी बिभागका वरिष्ठ भुगर्वबिद धर्मराज खड्का र अर्को भुगर्वबिद नरेश महर्जन मुस्ताङ आएका हुन् ।टोलीले बुधबार वारागुङ मुक्तिक्षेत्र ३ तेताङमा अवस्थित नुन खानीको अवलोकन गरेको छ ।नुनु खानी अध्ययन सकेर टोली शनिवारनै उपल्लो मुस्ताङमा संम्भावना रहेको युरोनियम अध्ययन गर्न जाने वरिष्ठ भुगर्वबिद खड्काले जानकारी दिए ।टोलीले उपल्लो मुस्ताङमा ३ दिन बसेर युरोनियमको अध्ययन गर्ने खड्काको भनाई छ ।


ओझेलमा परेको तेताङ नुन खानी :

मुस्ताङमा खनिज अध्ययनका लागि आएको २ सदस्यीय भुगर्वबिद्को टोलीले वारागुङ ३ तेताङको ऐतिहाँसिक नुन खानीलाई व्यवसायिक रुपमा संञ्चालन गर्ने संम्भावना न्युन रहेको प्रारम्भिक निश्कर्ष निकालेको छ ।टोलीको अध्ययनले चट्टानु मुनिबाट बग्ने नुनको पानी पछिल्लो अवस्थामा सुक्दै गएकाले उद्योग रुपमा बिस्तार गर्न समस्या हुँने ठहर गरेको छ ।

वरिष्ठ भगर्वबिद खनालले सरकारले नुन खानी उत्पादन मापदण्ड हेरेर खानी संम्भावना भएमा नीजि कम्पनीलाई आह्वान गर्न सक्ने जनाए ।उनले मुस्ताङमा अध्ययन गरिएको बिस्तृत प्रतिबेदन खानी बिभागमा बुझाईने र यसबारे खानी बिभागलेनै निर्णय गर्न सक्ने खनालले उल्लेख गरे ।


तेताङमा रहेको नुन खानी ऐतिहाँसिक हो ।तेताङका स्थानीयबासीको भनाई अनुसार धेरै वर्ष पहिले स्थानीयले वर्सेनि ८० देखि ९० मुरी सम्म नुन खानी उत्पादन गर्ने गरेको जनाईएको छ ।खानी तथा भगर्व टोलीले तेताङमा ५ वटा स्थानमा स्थानीयले नुन निकालेको पाएको छ ।बिगतमा स्थगानीयले सानो÷सानो चट्टानहरुबाट रसिएर आएको नुन मिश्रित पानी पोखरीमा जम्मा गर्ने गरेको त्यसलाई घाममा सुकाएर नुन बनाउने गरेको पाईएको भगर्वबिद खड्काको भनाई छ ।

‘धेरै पहिले त्यहाँ ठुलो नुन पानी बहने गथ्र्यो रे ।पछिल्लो समय नुन पानी सुक्दै गएको पाईयो,भगर्वबिद खड्काले भने ,नुन खानीको सेम्फल र वरपरको भौगर्भिक अध्ययन ग¥यौ,प्रारम्भिक सर्वेक्षणमा नुनको गुण र परिणाम न्युन भएको पाईयो ।’भगर्वबिद खड्काले नुनको नमूनालाई प्राविधिक परिक्षण गरिने बताए ।


नुन खानी अध्ययनका लागि यसअघि उद्योगमन्त्री सोमप्रसाद पाण्डेसहितको टोलीले मुस्ताङ आएर अध्ययन गरेको थियो ।यस्तै,उपल्लो मुस्ताङमा पनि ५ वर्षअघि भगर्वबिदको टोलीले युरोनियम अध्ययन गरेको थियो ।परापूर्व कालमा पोखरा ,म्याग्दी,बाग्लुङ र पर्वत लगायतका स्थानबाट मुस्ताङको तेताङमा नुन लिन आउने गरेको स्थानीयको भनाई छ ।पछिल्लो समय बजारिया नुन आएपछि यहाँ नुन लिन आउने क्रम लोप हुन थाल्यो ।

उ समय जिल्ला बाहिरबाट नुन लिन आउनेले स्थानीय संग खाद्यान्न र नुन आपसमा साट्ने गरेको स्थानीयले सुनाए ।मुस्ताङका संघीय सांसद प्रेमप्रसाद तुलाचनले तेताङ नुन खानीलाई बिभागले ऐतिहाँसिक प्रयोगको रुपमा संरक्षण गर्नुपर्ने सुझाए ।

उनले मुस्ताङमा सुसुप्त अवस्थामा थुप्रै खनिजहरुको संम्भावना भएकाले यसलाई सरकारले उत्खनन्मा प्राथमिकता दिनुपर्ने जनाए । तर, खानी बिभागका भुगर्व बिदका अनुसार तेताङ नुन खानीलाई उद्योग रुपमा नभई स्थानीय स्तरमा प्रयोगमा ल्याउन सकिने जनाएको छ ।