ताजा समाचार

जेठ ४ गते २०७६

पोखरा १७ मा घारीकुलो सहकारी

टोल छिमेकमा छरिएर रहेको पुँजी एकीकृत गरी सेयर सदस्यको आर्थिक उपार्जन गर्ने ध्येयका साथ पोखरा १७ मा घारीकुलो बचत तथा ऋण सहकारी सञ्चालनमा आएको छ । पोखरा १७ विरुवा फाँटस्थित घारीकुलो र मुलकुलो आसपासका स्थानीयको सक्रियतामा सो सहकारी दर्ता गरी शनिबारबाट विधिवत रुपमा सञ्चालनमा ल्याइएको हो ।

न्यूनतम १० हजार १ सय र अधिकतम १ लाख रुपैयाँसम्मको सेयर खरिद गर्न सकिने व्यवस्था गरिएको सो सहकारीमा हाल १ सय ११ जना सेयर सदस्य छन् । पोखरा १७ का वडाध्यक्ष तीर्थराज अधिकारीले शनिबार सहकारीको नवनिर्मित कार्यालय उद्घाटन गरे । उनले सहकारीले आर्थिक कारोबारसँगै उत्पादन क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए ।

संस्थाका अध्यक्ष ढाकाराम ढकालको अध्यक्षतामा भएको कार्यक्रममा ज्येष्ठ नागरिक मञ्च पोखरा १७ का अध्यक्ष टोपराज ढुंगाना, घारीकुलो टोल विकास संस्थाका अध्यक्ष विजयप्रसाद आचार्य, आमा समूहका अध्यक्ष आसमती श्रेष्ठ, होलील्यान्ड मन्टेसरीका गोमा केसी, संस्थाका उपाध्यक्ष योगेन्द्रप्रसाद पराजुली, प्रवन्धक दीपकप्रसाद लामिछाने लगायतले सहकारी आर्थिक उपार्जनका साथै सामाजिक उत्तरदायित्व पूरा गर्नतर्पm उन्मुख हुनुपर्ने धारणा राखे ।