निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलका प्रबन्ध सञ्चालक सुरेनजे अमरासेकराले राजीनामा दिएका छन् ।
एनसेलको मुख्य लगानीकर्ता आजियटाले उनलाई २०७४ असारमा प्रबन्ध सञ्चालकको रूपमा नियुक्त गरेको थियो ।
पारिवारिक कारण देखाउँदै उनले राजीनामा दिएको बताइएको छ । उनको राजीनामा वैशाख २७ गते स्वीकृत भएको हो ।




