अर्थ, वाणिज्य

एनसेलका प्रबन्धक सञ्चालकले राजीनामा दिएपछि

निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलका प्रबन्ध सञ्चालक सुरेनजे अमरासेकराले राजीनामा दिएका छन् । एनसेलको मुख्य लगानीकर्ता आजियटाले उनलाई २०७४ असारमा प्रबन्ध सञ्चालकको रूपमा नियुक्त गरेको थियो । पारिवारिक कारण देखाउँदै उनले राजीनामा दिएको बताइएको छ । उनको राजीनामा वैशाख २७ गते स्वीकृत भएको हो । पुरा पढौ

जनता खुसि हुने क्षेत्रमा नै बजेट प्राथमिकतामा पार्ने

अर्थमन्त्री डा युवराज खतिवडाले नेपाली जनताले अपनाएको राजनीतिक र आर्थिक प्रणाली एवं अन्तर्राष्ट्रिय सम्बन्धका आधारमा बजेट निर्माण हुदै आएको बताएका छन् । प्रतिनिधिसभामा आर्थिक वर्ष २०७६/७७ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक)भएको छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उनले विकासका आकांक्षा र साधन स्रोतबीचको सन्तुलनका आधारमा बजेटको आकार निर्धारण हुने जानकारी दिएका हुन् । संविधानको प्रस्तावना र राज्यका निर्देशक सिद्धान्तले निदृष्ट गरेको लक्ष्य हासिल गर्ने विषयलाई… पुरा पढौ

मंगलबार सुनको भाउ ह्वाट्टै बढ्यो

मंगलबार एकै दिन सुनको भाउ तोलामा एक हजारले बढेको छ । तीन दिनयता छापावाल सुनको भाउ तोलामा ६० हजारमा कारोबार भइरहेकोमा मंगलबार तोलामा रु १ हजारले बढेर ६१ हजारमा कारोबार भइरहेको हो । यस्तै तेजावी सुन ६० हजार ७०० मा कारोबार भइरहेको छ भने चाँदी तोलामा ७२५ मा कारोबार भइरहेको छ । यसअघि सोमाबार चाँदी ७२० मा कारोबार भएको थियो । पुरा पढौ

गण्डकी प्रदेश स्तरिय रेडिमिक्चर समिति गठन

निर्माणको क्षेत्रमा काम गर्दै आएका ब्यवसायीहरुको सोमबार भएको एक भेलाले गण्डकी प्रदेश स्तरिय रेडिमिक्चर तदर्थ समिति गठन गरेको छ । गुणस्थरीय निर्माणमा सहयोग पुग्ने गरि गण्डकी प्रदेशमा भएको रेडिमिक्चर ब्यवसायीहरुको भेलाले सस्थागत हितलाई मध्यनजर राख्दै सप्तगण्डकी आर यम सीका संचालक मेजर रामप्रसाद गुरुङको अध्यक्षतामा सात सदस्यीय तदर्थ समिति चयन गरेको हो । नव गठित समितिको उपाध्यक्षमा तारानाथ पाठक, महासचिवमा अर्जुन थापा, उप महासचिवमा रामप्रसाद सुवेदी, कोषाध्यक्षमा तिलक गुरुङ र सदस्यमा… पुरा पढौ

सोमबार शेयर बजार बढ्यो

शेयर बजारमा आज कारोवार मापक नेप्से परिसूचक ६.३० बिन्दुले बढेर एक हजार ३०१.३४ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोवार मापन गने सेन्सेटिभ परिसूचक १.२१ बिन्दुले बढेर २७८.२४ कायम भएको छ । कूल १६९ कम्पनीको २३ लाख ९२ हजार ४०३ कित्ता शेयर रु ७८ करोड ६४ लाख १२ हजार ८०८ खरीद बिक्री भए । स्टकका अनुसार कारोवार भएका १२ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर घटेको छ भने सात उपसमूहको… पुरा पढौ

दसैंदेखि नेपालको आफ्नै रेल

सरकारले किन्न लागेका २ रेल आगामी दशैंमा नेपाल आउने भएका छन्। २ रेल आगामी असोजसम्ममा नेपाल आइसक्ने रेल विभागका महानिर्देशक बलराम रिजालले बताए । शुक्रबार नेपालका तर्फबाट रेल विभागका महानिर्देशक मिश्र र भारतका तर्फबाट कोंकण रेलवे कर्पोरेसन लिमिटेडका चिफ म्यानेजिङ डाईरेक्टर संजय गुप्ताबीच डिजेल इलेक्ट्रिक मल्टियुनिट ९डिइएमयु० मा आधारित रेल खरिद गर्न सम्झौता भएको थियो। रेल भित्रिएको केही दिनमा नै जयनगर–जनकपुर हुँदै कुर्थासम्म सञ्चालन गरिने उनले जानकारी दिए। यो मार्ग… पुरा पढौ

आईतबार सुन तोलाको कति पुग्यो ?

नेपाली बजारमा आइतबार छापावाल सुनको भाउ तोलामा ६० हजारमा कारोबार भइरहेको छयसअघि साताको कारोबारको अन्तिम दिन शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । यस्तै आइतबार तेजावी सुन तोलामा ५९ हजार ७०० मा कारोबार भइरहेको छ । चाँदी भने आइतबार तोलामा रु ७२० मा कारोबार भइरहेको छ। पुरा पढौ

कैदीबन्दीले बनाएको मुढाले बजार नपाउनुको कारण ?

कारागारमा रहेका कैदीबन्दीले बनाएका मुढाले बजार नपाएपछि कैदीबन्दी चिन्तित बनेका छन् । बाहिरी जिल्लाबाट सस्तो मूल्यमा मुढा आयात हुन थालेपछि तनहुँ कारागारका कैदीबन्दीले उत्पादन गरेको मुढाको बिक्री ठप्प भएको हो । कैदीबन्दीले बनाएको मुढा बलियो र टिकाउ हुने भएकाले यसको माग बढी हुन्थ्यो तर पछिल्लो दुई महीनादेखि ती मुढा बिक्री भएको छैन । बन्दी विष्णुहरि घिमिरेले बाहिर सस्तोमा मुढा आउन थालेपछि आफूले बनाएको मुढा बिक्री नभएको बताउनुभयो । उहाँका अनुसार… पुरा पढौ

कर्मचारीको तलब बढ्ने

सरकारले आगामी वर्षको बजेटमा सरकारी कर्मचारीको तलब बढाउने भएको छ । अर्थ मन्त्रालय स्रोतले दिएको जानकारीअनुसार कर्मचारीको तलब १५ देखि २५ प्रतिशतसम्म तलब बढाउने तयारी छ । स्रोतले कर्मचारीले अहिले खाइपाई आएको भन्दा १५ देखि २५ प्रतिशतसम्म तलब वृद्धि गर्ने तयारी रहेको जानकारी दियो । पुरा पढौ

मुक्तिनाथमा थप पार्किङ स्थल बनाईदै

हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको साझा तीर्थस्थल मुस्ताङको मुक्तिनाथ मन्दिर नजिकैको पुराङ रानीपौवामा थप अर्को बसपार्क पार्किङ स्थल निर्माण गरिदै छ ।चालु आर्थिक वर्ष ०७५÷०७६ को बिनियोजित १० लाख बजेट मार्फत बसपार्क निर्माण योजना सुरु भएको वारागुङ मूक्तिक्षेत्र गाउँपालिकाले जनाएको छ । पछिल्लो समय मुक्तिनाथ दर्शनका लागि आउने सवारी साधनको संख्या बृद्धि भएपछि साविकको बसपार्क सांँघुरो भएको हो ।साविककै कालोपत्रे बसपार्कको दक्षिणतर्फ अर्को बसपार्क निर्माण हुँने गाउँपालिकाका असिस्टेन सव ईन्जिनीयर मिनबहादुर… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं