ताजा समाचार

अर्थ, वाणिज्य

काहुँडाँडामा मंसिर २८ बाट महोत्सव

पोखरा वडा नं. ११ काहुँमा तेस्रो काहुँ धरहरा महोत्सव हुने भएको छ । मंसिर २८ देखि पुस ८ गतेसम्म धरहरा परिसरमा महोत्सव गर्न लागिएको हो । महोत्सवमा जनकल्याण युवा क्लब मुख्य आयोजक र फूलबारी क्लब सहआयोजक छन् । महोत्सवका लागि जनकल्याण क्लबका अध्यक्ष देवबहादुर गुरुङको अध्यक्षतामा ५ सय १ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । पर्यटन र विकास प्रवद्र्र्धनका लागि हुन लागेको महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति,… पुरा पढौ

बंगुर पालेर मालामाल

स्याङ्जाको वालिङ १३ का श्यामबहादुर विक बङ्गुरपालनबाट मनग्य आम्दानी गर्न सफल भएका छन् । मलेसियामा ७ वर्ष बिताएका विकले ४ वर्षअघि केबिएसबी ब)गुर फार्म दर्ता गरी झोलुङ्गे बजारमा २ रोपनी जग्गा भाडामा लिएर व्यवसाय थालेका थिए । ‘सामान्यरूपमा घरमा पाल्दै आएका माउहरूबाट पाठापाठी उत्पादन गरी बिक्री गर्दै आएको थिएँ,’ विकले भने, ‘अब यसलाई मैले व्यावसायिक रूपमै अगाडि बढाउने निर्णय गरेको छु ।’ विकले १५ लाख रुपैयाँ लगानीमा खोर निर्माण गरी… पुरा पढौ

इलेक्ट्रिक स्कुटर पोखरामा

उकालो होस् कि ओरालो मज्जाले तानोस्, हेर्दा गज्जबको लुक्स होस्, मूल्य पनि धेरै नपरोस् । दैनिक खर्च भइरहने पेट्रोल पनि हाल्नु नपरोस् । यस्तो स्मार्ट सवारीको खोजीमा हुनुहुन्छ ? यस्तो सवारी तपाईको रोजाइ हो भने तपाईको छनौट सहरमा आइपुगेको छ । माछापुच्छ«े अटोमोबाइल्स सिमलचौर पोखराले यस्तै विशेषता भएका विभिन्न मोडेलका स्कुटर बिक्री सुरु गरेको छ । रिमोर्टबाट पांग्रा लक गर्न मिल्ने, ब्याक गियरसमेत भएका यस्ता स्कुटर राजधानीपछि पोखरामा भिœयाइएको हो… पुरा पढौ

बूढीगण्डकी डुबान क्षेत्रवरपर चक्रपथ

गोरखा र धादिङको सिमानामा बन्न लागेको राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्र वरिपरि चक्रपथ निर्माणको प्रक्रिया सुरु भएको छ । आयोजनाका मुअब्जा वितरण तथा पुर्नवास तथा पुनःस्थापना एकाइका प्रमुख कृष्णबहादुर कार्कीले आयोजना बाहिर रिङरोड निर्माण गर्ने योजना अन्तर्गत १ सय किलोमिटर सडक निर्माण प्रक्रिया सुरु गर्न लागेको जानकारी दिए । आयोजनावरपर चक्रपथ निर्माणका लागि आयोजनाले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार पारिसकेको छ । प्रमुख कार्कीले भने,‘आउँदो… पुरा पढौ

सांग्रिलाको वार्षिकोत्सवमा रक्तदान

काठमाडौंको बालुुवाटारमा केन्द्रीय कार्यालय रहेको सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड १५ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा बैंकलेसंस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शाखाहरुमा रक्तदान आयोजना गरेको छ । बैंकको केन्द्रीय कार्यालय, कलस्टर कार्यालयहरू, पोखरा र नेपालगञ्ज तथा शाखा कार्यालय, नारायणगढ र बुुटवलमा नेपाल रेडक्रस सोसाइटीको सहयोगमा बैंकका ग्राहक, सञ्चालक, सयरधनी र कर्मचारीको सहभागितामा रक्तदान आयोजना गरिएको हो । केन्द्रीय कार्यालय बालुुवाटार काठमाडौंमा ४५ प्वाइन्ट, कलस्टर कार्यालय पोखरामा १ सय ४२ प्वाइन्ट, नेपालगञ्जमा… पुरा पढौ

पोखराका सबैजसो वडाबाट कर संकलन

नयाँ कार्यविधि अनुसार पोखरा महानगरपालिकाले वडा कार्यालयबाट पनि कर संकलन सुरु गरेको छ । एकीकृत सम्पत्तिको नाममा उच्च अदालत पोखराले कर नउठाउन आदेश दिएपछि महानगरले सम्पत्ति कर तथा भूमि व्यवस्थापन कर शीर्षकमा महानगर कार्यालय र वडा कार्यालयबाट कर संकलन सुरु गरेको हो । पोखरा महानगरपालिका राजश्व शाखा प्रमुख छवि शर्माका अनुसार साविक लेखनाथमा पर्ने वडा नम्बर २७, २९,३० र ३१ बाट कर संकलन सुरु भएको छ । वडा नम्बर ५,… पुरा पढौ

कान्जी हाउसको १ गाईको ठाउँमा ४८ पुगे

१७ वर्षअघि कान्जी हाउसबाट १ गाई लगेका बाघमाराका शोभाखर भण्डारीको गाई फार्ममा अहिले ४८ गाई र २८ बाच्छी छन् । अझै जोशीला ६७ वर्षीय भण्डारीको दैनिकी रोजगारीका खोजीमा विदेशिएका युवाका लागि अनुकरणीय बनेको छ । पोखराको विरौटास्थित कान्जीहाउसबाट भण्डारीले स्थानीय जातको बाच्छी ल्याए । त्यस समयमा उनले बाच्छी छोपिदिनेलाई २ सय तथा बाघमारासम्म ल्याएको १ सय ५० गाडी भाडा तिरे । पोखरा महानगरपालिका ३३ मा गाई फार्म सञ्चालन गरेका भण्डारी… पुरा पढौ

स्वाभिमान कृषि सहकारीको सभा

स्वाभिमान कृषि सहकारी संस्था लिमिटेडले प्रथम वार्षिक साधारण सभा गरेको छ । सभामा गण्डकी प्रदेशका सांसद कृष्ण थापाले सहकारी विधेयक छिट्टै पास गरी कृषि क्षेत्रमा काम गर्नेहरुका लागि अवसरहरु प्रदान गर्न आफू लागि परेको बताए । ‘यही क्षेत्रको जनप्रतिनिधी भएको हिसाबले जनताका समस्याहरुलाई उठान गर्दै आएको छु,’ उनले भने । सांसद थापाले खेतीयोग्य जमिनलाई उत्पादनमुलक बनाउनु पर्नेसमेत जोड दिँदै सहकारीको माध्यमबाट कृषि क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिए । पोखरा महानगरपालिकाको… पुरा पढौ

पोखरामा प्रदेशिक पुष्प मेला

फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) कास्कीको आयोजनामा पोखरामा हुने प्रदेश स्तरीय चौथो गोदावरी प्रदर्शनी एवं पुष्प व्यापार मेला २०७५ को तयारी पूरा भएको छ । कात्तिक १६ देखि १९ गतेसम्म हुने मेला आयोजक समितिले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । पोखरा सभागृह परिसरमा ३० भन्दा बढी स्टलमा ४ सय ५० प्रजातिका फूल विरुवाको प्रदर्शनी हुने फ्यानका निवर्तमान अध्यक्ष दयाकुमार द्वाले जानकारी दिए । उनले पोखरेली फूल पारखीलाई तिहारको बेलामा… पुरा पढौ

किन बढ्यो एक्याप प्रवेश शुल्क ?

अन्नपूर्ण क्षेत्र पदयात्रामा जाने पर्यटकले तिर्नुपर्ने शुल्क बढेपछि यहाँका पर्यटन व्यावसायीले आपत्ति जनाएका छन् । उनीहरुले अन्नपूर्ण आधार शिविरमा हेलिकोप्टर उडान नरोकिएकोमा पनि रोष प्रकट गरे । पर्यटकीय सिजनको समय पारेर शुल्क बढाएको भन्दै व्यवसायीले बढेको शुल्क लागू नगर्न सरोकारवालालाई आग्रह गरेका छन् । पोखरा पर्यटन परिषदले यहाँ सरोकारवालासँग आयोजना गरेको छलफलमा व्यवसायीले नयाँ शुल्कले पर्यटन आगमनमा गिरावट हुने चिन्ता जनाए । कम्तीमा ६ महिना समय राखेर शुल्क बढाउनुपर्ने उनीहरुको… पुरा पढौ