जेठ १६ गते २०७६

ताजा समाचार

जेठ १६ गते २०७६

आजैबाट बढ्यो पेट्रोलियको मूल्य



आर्थिक वर्ष २०७६/७७ को बजेट सार्वजनिक भएको भोलिपल्ट बिहीबार नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य वृद्धि गरेको छ।

आज मध्यान्ह १२ बजेदेखि लागू हुनेगरी निगमले मट्टितेल, डिजेल र पेट्रोलमा मूल्यवृद्धि गरेको हो।

पेट्रोलिम पदार्थमा लिटरमा १ रुपैयाँ ५० पैसा मूल्यवृद्धि भएको छ। बढेको मूल्यअनुसार पेट्रोल लिटरको १११ रुपैयाँ र डिजेल, मट्टितेल ९८ रुपैयाँ पुगेको छ।

अर्थमन्त्री डा.युवराज खतिवडाले बुधबार संसदमा आगामी वर्षको बजेट पेश गर्दै सडक पूर्वाधार निर्माणका लागि पेट्रोलियम पदार्थमा एक रुपैयाँ अतिरिक्त शुल्क लगाउने उल्लेख गरेका थिए।

आर्थिक वर्ष साउनमा सुरु हुने भए पनि निगमले आजैदेखि पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको हो।