ताजा समाचार

जेठ १५ गते २०७६

उत्तरी सीमावर्ती गाउँमा संञ्चार सुविधा

केही वर्षअघि उपल्लो मुस्ताङमा संञ्चार सुविधा उपलब्ध थिएन । नेपाल दुरसंञ्चार कार्यालय मुस्ताङले लोमान्थाङमा संञ्चार प्रविधि जडान गरेपछि त्यस आसपासका केही गाउमा राहतको महसुश भयो ।त्यसबेला जडान गरिएको प्रविधि उपल्लो मुस्ताङको पुरै गाउलाई समेट्न सकेन । लोमान्थाङ गाउँ बाहेक सीमावर्तीक्षेत्रका बासिन्दाले संञ्चार सुविधाको फाईदा लिन सकेनन्।


गाउपालिकाको १,२ र ४ वडाहरु संञ्चार सम्पर्कबाट बिमुख बने।यी वडाहरुमा पर्ने चुङजुङ,न्याम्डो,गर्फु,भाची,न्हेचुङ गाउ लगायत कोरलानाका सम्म संञ्चार संम्पर्क जोडिन सकेका थिएनन् ।यसवर्ष परेको भारी हिमपातले सीमाक्षेत्रका बासिन्दाका कैयन याक–चौरी र भेडा –याङग्रा खर्कमै पुरिए । कोही आहारको अभावमा मरे ।चौरी गोठालाहरु हिमपातको सास्तीले बिछिप्त बने । उनीहरुले चौपाया संरक्षणका लागि निकायमा संम्पर्क गर्न नपाउदा अनुकुलनका उपाय खोज्न चुके । संञ्चार असुविधाले उनीहरुको हिउदे दैनिकी कष्ठकर बन्यो । उचित समयमा निकास नपाउदा सीमावर्तीका बासिन्दाले ठुलो आर्थिक क्षति व्यहोर्न पुगे,परम्पराग पेशानै संकटमा पर्न थाल्यो ।गाउमा संञ्चार सेवा आईसकेपछि बिगतको जस्तो घटना नदोरिनेमा उपल्लो मुस्ताङबासी आशावादी छन् ।


नेपाल दुरसंञ्चार कार्यालयको जोमसोम शाखाले उपल्लो मुस्ताङको बहुचर्चित कोरलानाका तथा सीमावर्तीक्षेत्रका गाउलाई जोड्नेगरी सोमबार नेचुङ भन्सार माथिको डाडामा ग्लोबल सिस्टम फर मोवाईल कम्यूनिकेशन)जिएसएम टावरसहित ३ वटा एन्टिना उपकरण जडान ग¥यो ।जोमसोमबाटै पुरै एकदिन खर्चिएर उपल्लो मुस्ताङ पुगेका कार्यालयका प्राविधिक महेन्द्र गुरुङसहितको टोलीले उक्त प्रविधि जडान गरेका हुन् ।प्रविधि जडानसंगै त्यहाका करिव १ सय ५० घरधुरी प्रत्यक्ष संञ्चार संम्पर्कबाट लाभान्वित भएका छन् ।टेलिफोन टावर जडानको काम सकिए लगत्तै सबैको साथमा भएका मोवाईलमा फोनको रिङ बज्न सुरु भयो ।लामो प्रतिक्षापछि पाएको यसप्रकारको सुविधाले दङ्ग पर्दै गाउले दुरसंञ्चारका प्राविधिकलाई संम्मान गरे ।


संञ्चार प्रविधिको लोमान्थाङ गाउपालिकाका अध्यक्ष सुवर्णकुमार बिष्टले स्वीच दबाएर उद्घाटन गरे ।भौगोलिक विकट मानिएको उपल्लो मुस्ताङको लोमान्थाङ गाउपालिका अब पुरै संञ्चार सुविधायूक्त गाउपालिकाको रुपमा घोषित भएको अध्यक्ष सुवर्णकुमार बिष्टले बताए । टावर व्यवस्थापनमा चाहिने आवश्यक पूर्वाधार गाउपालिकालेनै निर्माण गरेको हो ।


गाउपालिकाको पहलमा संञ्चार सुविधा बिस्तार भएसंगै निकै उत्साहित न्याम्डो गाउका स्थानीय राजु गुरुङले अब उपल्लो मुस्ताङी जनताका लागि सुनौला दिनहरुको सुरुआत भएको बताए ।‘सदियौ देखि हाम्रो गाउघर अन्धकार थियो,फोन गर्नुपरे घण्टौ पैदल हिडेर डाडाकाढा उक्लनु पथ्र्यो,उनले सम्झदै भने,‘ अहिले त घरभित्रै टावर टिप्न थाल्यो,ईन्टरनेट थ्रिजी पनि चल्यो ,अब गाउघरबाटै संसार हेर्न सक्ने भयौ ।’चुङजुङका अर्का स्थानीय नर्चुङ गुरुङ पनि फोन चलेपछि मख्ख छन् ।

उनी भन्छन्,‘स्थानीय सरकारले गाउलाई अन्धकारबाट मुक्ति दिलाउने प्रयास ग¥यो ।गाउमै बसेर देश बिदेशमा कुराकानी गर्न पाउने भयौ ।हामीहरुका लागि गाउपालिका र दुरसंञ्चार सबै धन्यवादका पात्र हुन् ।’यस्तै, चुमजुङ घरभई पोखरा बस्दै आएकी स्थानीय पेमा गुरुङ पनि दङ्ग भएकी छिन् ।गाउघरको हालखबर र सञ्चो–बिसञ्चो खबर सजिलैसित जान्नेबुझ्ने संञ्चार सुविधा बिस्तारले आफु गाउघरमै पुगेको जस्तो अनुभूती सुनाईन् ।


नेपाल दुरसंञ्चार मुस्ताङ शाखाले मोवाईल बिटिएस टावर बिस्तार गरेपछि उत्तरी कोरलानाका सम्मको भू–भागमा संञ्चार सम्पर्क सहज भएकोे स्थानीयबासी बताउछन् ।पछिल्लो समय कोरलानाका घुम्न आन्तरिक पर्यटकहरुको उपल्लो मुस्ताङमा ओईरै लाग्ने गरेको छ । लोमान्थाङ गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुशिल अर्यालले सीमावर्ती क्षेत्रमा संञ्चार सुविधा बिस्तारले पर्यटन प्रर्वद्धनमा सघाउने पु¥याउने उल्लेख गरे।टावर बिस्तारसंगै केन्द्र,प्रदेश, मुकाम, गाउपालिका र वडाहरुबीचको दोहोर सूचना आदान– प्रदान तथा सरकारी कामकाज सजिलो भएको बताए ।


नेपाल दुरसंञ्चार कार्यालय मुस्ताङले जिल्लाका ५ वटै स्थानीयतहमा १९ वटा बिटीएस टावर बिस्तार गरिसकेको छ, भने अझै अरु थप्ने क्रममा छ ।कार्यालयले कोरलानाका र नाका आसपासका गाउलाई जोड्नेगरी टावर बिस्तार गरेको कार्यालय प्रमुख सुमनराम श्रेष्ठले जानकारी दिए ।उनका अनुसार कार्यालयले चालुवर्ष उपल्लो मुस्ताङको चराङ ,घमी र स्याङवचेमा टावर बिस्तार गरेको हो भने,थासाङ गाउपालिकाको झिप्रा देउरालीमा पनि टावर बिस्तार गर्ने काम भईरहेको छ ।


दुरसंञ्चारले लोमान्थाङमा २ वटा,लोघेकर दामोदरकुण्डमा ३ वटा,वारागुङ मुक्तिक्षेत्रमा ५ वटा,घरपझोङमा ४ वटा र थासाङ गाउपालिकाको २ स्थानमा टावर बिस्तार गरीसकेको जनाएको छ ।टावर बिस्तारसंगै मुस्ताङका अधिकाश गाउहरुमा नमस्ते प्रिपेड र पोस्पेड मोवाईल टेलिफोन सेवा सहज भएको हो ।यसका साथ मोवाईलको पहुच पुगेका स्थानमा टु जि र थ्रिजी ईन्टरनेट सेवा समेत उपलब्ध हुने कार्यालय प्रमुख श्रेष्ठको भनाई छ ।


यसअघि उपल्लो मुस्ताङको बिकट गाउहरु संञ्चार र बिद्युत सेवाबाट बिमुख भएको अवस्थामा संञ्चार समस्याको निराकरण भएको हो ।अहिले पनि त्यहाका कतिपय बस्तीहरु बत्तीमुनीको अन्धकार भोग्न बाध्य छन् ।सोही क्षेत्रबाट निर्वाचित प्रदेश सासद ईन्द्रधारा बिष्टले निर्वाचनमा गरिएका प्रतिबद्धताहरु पूरा गर्ने प्रयास भईरहेको बताए ।उनले सीमावर्तीक्षेत्रका दर्जनौ गाउहरु अझै अन्धकारमा रहेकाले आगामी २ वर्षभित्रै पुरै उपल्लो मुस्ताङमा बिद्युत सेवा पू¥याउने लक्ष्य रहेको खुलाए ।‘गाउगाउ जोड्ने मोटर बाटो र संञ्चार सेवा बिस्तार पूरा भएको र केही कार्यहरु बिस्तारको क्रममा छन् ।बिद्युत पू¥याएर बिकासको ढोका खोल्नुपर्छ ।’


उनले भने,‘चीन सरकारबाट सहयोग प्राप्त लोमान्थाङमा ७२ किलोवार्डको सौर्यउर्जा संञ्चालन भईरहेको र त्यहा माईक्रो हाईड्रो समेत छ ।अब चिन्ता भनेको दुरदराजका बस्तीहरुको हो ।अब छिट्टै तार टाग्ने र पोल गाड्ने काम सुरु गछौं ।’


सांसद बिष्टले आगामी २ वर्षभित्र उपल्लो मुस्ताङलाई लोडसेटिङ मुक्त बनाउन लक्ष्य रहेको र त्यस अवधि सम्म प्रदेश सरकारले बैकल्पिक सौर्यउर्जा सोलार प्यानल बितरण गर्ने योजना रहेको जानकारी दिए ।

तस्विर सौजन्य ःसुशिल अर्याल ।
लोमान्थाङ गाउँपालिका लोमान्थाङ