ताजा समाचार

जेठ १४ गते २०७६

मंगलबारको सेयर बजार यस्तो छ, छ समूहले कमाउँदा पाँचले गुमाए

साताको तेस्रो कारोवार दिन आज मंगलबार पनि नेप्सेमा सामान्य अंकले सुधार आएको छ । नेप्से आज दुुई दशमलव ५३ अंकले बढेर १३ सय पाँच दशमलव ४९ विन्दुुमा चढ्दा सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव दुुई अंकले बढेर दुुई सय ७७ दशमलव ८१ विन्दुुमा चढेको छ ।

एक सय ६४ कम्पनीहरुको नौ हजार एक सय ४८ वटा कारोवारमा २४ लाख १२ हजार नौ सय ६२ कित्ता सेयर खरिद विक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिद विक्री हुँदा कारोवार रकम ७५ करोड ६८ लाख ९१ हजार छ सय १३ रुपैयाँको कारोवार भएको छ । 

नेप्सेमा आज ११ वटा समूहको कारोवार भएकोमा छ वटा समूहले कमाएका छन् भने पाँच वटा समूहले गुमाएका छन् । तीमध्ये वाणिज्य बैंक समूहको सूचक एक दशमलव ७९ अंकले बढेर ११ सय ५८ दशमलव ६४ विन्दुुमा चढ्दा विकास बैंक समूहको सूचक पनि १७ दशमलव ७६ अंकले बढेर १६ सय चार दशमलव ६० विन्दुुमा चढेको छ ।

जलविद्युुत्, फाइनान्स, उत्पादनमूलक र  सामूहिक लगानी कोष समूहको सूचक पनि बढेका छन् । निर्जीवन बीमा समूहको सूचक भने ३३ दशमलव ४७ अंकले घटेर पाँच हजार आठ सय नौ दशमलव ७९ विन्दुुमा झर्दा जीवन बीमा समूहको सूचक पनि तीन दशमलव २८ अंकले घटेर छ हजार पाँच सय ८० दशमलव ३७ विन्दुुमा झरेको छ । यीबाहेक होटल, अन्य र लघुुवित्त समूहको सूचक पनि घटेका छन् ।  

आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको ज्योति विकास बैंकको प्रतिकित्ता सेयर मूल्य १० रुपैयाँले बढेर एक सय ६५ रुपैयाँमा कारोवार भएको छ भने बढी गुुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको माउन्टेन हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य छ रुपैयाँ ६६ पैसाले घटेर ९८ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी, रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको शिवम सिमेन्टको प्रतिकित्ता छ रुपैयाँ ४६ पैसामा १६ करोड ४४ लाख चार हजार ८३ रुपैयाँको कारोवार भएको छ ।