ताजा समाचार

जेठ १७ गते २०७६

यो साताको सेयर कारोबार यस्तो छ :चार अर्ब ३३ करोडको कारोबार

यो साता नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा एक सय ७२ कम्पनीहरुको ५१ हजार सात सय ७८ वटा कारोवार भएका छन् ।

जसअनुसार एक करोड ३६ लाख ९१ हजार चार सय १३ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम चार अर्ब ३३ करोड १६ लाख सात हजार आठ सय २४ रुपैयाँ पुगेको छ । कारोवार रकम गत साताको तुलनामा कम हो ।

गत साता भने एक सय ७० कम्पनीहरुको ५७ हजार ९० वटा कारोवार भएका थिए । जसअनुसार एक करोड ६१ लाख ६२ हजार तीन सय २१ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम पाँच अर्ब दुई करोड ४६ लाख ४६ हजार एक सय १३ रुपैयाँ पुगेको थियो । यो साता बजार परिसुचक १३ सय १९ दसमलव ४७ बिन्दुमा पुगेर रोकिएको छ ।

यसैगरी क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई सय ८१ दसमलव १५ अंकमा पुगेर रोकिएको छ । 

यो साता नेप्सेको नियिमत कारोवार कक्ष पाँच दिन नै खुल्ला रहेको थियो । जसमध्ये पहिलो दिन नेप्से घटेको थियो भने दोस्रो, तेस्रो, चौथो र पाँचौं दिन नेप्से बढेको थियो ।

सोही आधारमा पहिलो दिन बजार परिसुचक ११ दसमलव ९३ अंकले ओरालो लागेर १३ सय दुई दसमलव ६१ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि दुई दसमलव ८२ अंकले ओरालो लागेर दुई सय ७७ दसमलव ५६ अंकमा झरेको थियो ।

दोस्रो दिन पनि बजार परिसुचक शुन्य दसमलव ३४ अंकले बढेर १३ सय दुई दसमलव ९६ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव शुन्य पाँच अंकले बढेर दुई सय ७७ दसमलव ६१ अंकमा चढेको थियो । तेस्रो दिन पनि बजार परिसुचक दुई दसमलव ५३ अंकले उकालो लागेर १३ सय पाँच दसमलव ४९ अंकमा चढेको थियो भने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव दुई अंकले उकालो लागेर दुई सय ७७ दसमलव ८१ अंकमा चढेको थियो । साताको चौथो दिन पनि सेयर बजार परिसुचक आठ दसमलव ३९ अंकले बढेर १३ सय १३ दसमलव ८८ अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि दुई दसमलव ११ अंकले बढेर दुई सय ७९ दसमलव ९२ अंकमा पुगेको थियो ।

साताको पाँचौ दिन पनि सेयर बजार परिसुचक पाँच दसमलव ५८ अंकले बढेर १३ सय १९ दसमलव ४७ अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दसमलव २३ अंकले बढेर दुई सय ८१ दसमलव १५ अंकमा पुगेको थियो । 

यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा शिवम सिमेन्ट, नेपाल बैंक, प्रभु बैक, अपरतामाकोशी हाईड्रो पावर आदि परेकाछन् । कारोवार भएको सेयर संख्याको आधारमा नेपाल बैंक, सिवम सिमेन्ट आदि परेकाछन ।

बजार पुंजीकरणका आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, स्टान्र्डड चार्टड बैक लगायतका कम्पनीहरु अगाडि परेकाछन । 

सेयर सुचीकरणतर्फ भने यो साता गुराँस लघुबित्त बित्तीय स्थाको सात लाख ७५ हजार कित्ता साधारण सेयर, बिजय लघुबित्त बित्तीय संस्थाको एक लाख ७७ हजार एक सय कित्ता बोनस सेयर सुचीकृत भएकाछन । यि बाहेक अन्य कम्पनीहरुको बोनस, हकप्रद तथा साधारण सेयरपनि यो साता सुचीकृत भएकाछन ।