ताजा समाचार

जेठ १७ गते २०७६

अर्बाै लगानीमा बनेको अन्तर्राष्ट्रिय विमानस्थल विदेशीलाई

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दिगो र व्यवसायिक सञ्चालनका लागि सरकार–सरकार सम्झौता गर्ने कार्य अगाडि बढाउन सैद्दान्तिक सहमति दिइएको छ। विमानस्थल संचालनका लागि मन्त्रिपरिषदको बैठकले संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयलाई प्रकिया अघि बढाउन सैद्धान्तिक सहमति दिएको दिईएको छ । यसका लागि मन्त्रालयले विमानस्थल संचालनका लागि सूचना निकालेर ईच्छुक देशहरुलाई जानकारी गराईनेछ ।

विमानस्थल संचालनका लागि लाभदायक प्रस्ताव राख्ने देशको निकायलाई सञ्चालनको जिम्मा दिइने छ। हाल विमानस्थलको धावनमार्ग निर्माण भईरहेको छ । आगामी आर्थिक वर्षभित्र सञ्चालनमा ल्याउने तयारी भईरहेको विमानस्थल करिब ७४ प्रतिशत निर्माण कार्य सम्पन्न भईसकेको छ । सरकारले विमानस्थलका लागि तीन अर्ब ३४ करोड बजेट विनियोजन समेत गरिसकेको छ ।