ताजा समाचार

जेठ १६ गते २०७६

लमजुङको गिलुङमा सामुदायिक होमस्टे

लमजुङ जिल्लाको गिलुङमा सामुदायिक होमस्टे सञ्चालनमा आएको छ । गत साल मंसिरमा दर्ता गरिएको गिलुङ सामुदायिक होमस्टे सञ्चालनमा आएको हो । होमस्टे सञ्चालनका लागि गिलुङ सामुदायिक होमस्टे पर्यटन समिति गठन गरिएको छ ।

यसैवीच लमजुङ जिल्लाको गिलुङ सामुदायिक होमस्टे पर्यटन समितिको आयोजनामा अवलोकन भ्रमण सम्पन्न भएको छ । उक्त स्थानमा रहेका होमस्टेमा आवद्ध २७ जनाले नेपालकै पहिलो होमस्टे सञ्चालन भएको स्याङ्जाको सिरुवारी र कास्कीको ल्वाङमा रहेका सामुदायिक होमस्टेको अवलोकन भ्रमण गरेका हुन् ।

क्वहोंलासोथर गाउँपालिका वडा नं। ९ का अध्यक्ष नन्दजंग गुरुङ, गिलुङ समाज पोखराका अध्यक्ष दुधमान गुरुङ९आशिष०, सचिव टंकप्रसाद गुरुङ, कोषाध्यक्ष सु।देवप्रसाद गुरुङ गिलुङ सामुदायिक होमस्टेका अध्यक्ष जीवन गुरुङ, सचिव शिव गुरुङ, समाजसेवीहरु चन्द्रप्रसाद गुरुङ, मनबहादुर गुरुङ, रामचन्द्र गुरुङ, गमबहादुर गुरुङ, रुखबहादुर गुरुङ लगायतको सहभागिता रहेको थियो ।

होमस्टे सञ्चालनमा रहेका १५ परिवारका तर्फबाट सहभागिता रहेको सो अवलोकन भ्रमणका क्रममा होमस्टे सञ्चालन गर्दाका अवसर र चुनौतिका बारेमा सिकाई भएको गिलुङ समाज पोखराका अध्यक्ष दुधमान गुरुङ९आशिष०ले जानकारी दिए ।

गिलुङमा २०७५ मंसिरमा विधिवत रुपमा दर्ता गरी सामुदायिक होमस्टे सञ्चालनमा रहेको छ । होमस्टेलाई व्यवस्थित बनाउने उद्देश्य सहित भ्रमणको आयोजना गरिएको हो । भ्रमणको अन्तिम दिन मंगलबार करेन्ट लागेर घाइते भई उपचाररत राजेन गुरुङलाई गिलुङ समाज हङकङका तर्फबाट प्राप्त भएको रु २० हजार हस्तान्तरण गरिएको थियो ।