अर्थ, वाणिज्य

जमिन बाँझो छ ? खेती गर्नुस् नत्र जरिवाना तिर्नुपर्ला

सरकारले खेतियोग्य जमिन बाँझो राखे ३ लाख रुपैयाँ जरिवाना गर्नसक्ने प्रावधान सहितको ऐन संसदमा पेश गरेको छ । उत्पादनयोग्य जमिन बाँझो राख्ने र खेतियोग्य जमिनलाई खण्डिकरण गरी घरघडेरीका रुपमा प्रयोग गर्ने क्रम बढेपछि सरकारले खेतियोग्य जमिन लगातार ३ वर्षसम्म बाँझो राखे ३ लाख रुपैयाँ जरिवाना गर्नसक्ने गरी ऐन बनाउन लागेको हो। संसदको प्रतिनिधिसभामा भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले पेश गरेको विधेयकमा जग्गालाई विभिन्न १० किसिमका वर्गिकरण गर्ने व्यवस्था प्रस्तावित छ… पुरा पढौ

हाम्रो सहयोगी ११ वर्षमा, ३ दिन विशेष कार्यक्रम

हाम्रो सहयोगी बचत तथा ऋण सहकारी पोखरा ९ पृथ्वीचोकको १० औं वार्षिकोत्सव सोमबा सकिएको छ । सहयोगीले ३ दिन विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाएको हो । सोमबार आयोजित वार्षिकोत्सव समापन समारोहमा गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले सहकारीको माध्यमबाट उद्यमशीलताको विकास गर्नुपर्नेमा जोड दिए । उनले विश्वका धेरै मुलुक सहकारीको माध्यमबाट उद्यमशील बनी समृद्धि हासिल गरेको बताए । उनले सहकारीको निस्क्रिय पुँजीलाई उत्पादनमा जोड्नुपर्ने र उद्योगको विकासमा रुपान्तरण गर्नु आवश्यक भएको… पुरा पढौ

कालोपत्रे चक्रपथ बनाउँदै गाउँपालिका

कास्कीको रुपा गाउँपालिकामा कालोपत्रे चक्रपथ निर्माण सुरु भएको छ । रुपा ३ को टाकान्जा फाँट विजयचोकमा आइतबार कालोपत्रे चक्रपथ निर्माणका लागि गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले शिलान्यास गरे । ६५ किलोमिटर चक्रपथको १० किमि २ वर्षभित्र स्तरीय कालोपत्रे गर्ने गरी काम सुरु भएको हो । गाउँपालिका अध्यक्ष नवराज ओझाले गापाको योजना र डिपिआर अनुसार प्रदेश सरकारको बजेटबाट रिङरोड पिच गर्न लागेको जानकारी दिए । अध्यक्ष ओझाले काम… पुरा पढौ

सोमबार कति छ सुनचाँदीको भाउ ?

नेपाली बजारमा सोमबार छापावाल सुनको भाउ तोलामा ६१ हजार ५०० मा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन ६१ हजार २०० मा कारोबार भइरहेको छ । यसैगरी चाँदी तोलामा रु ७१० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार पनि सुनचाँदी यही मूल्यमा कारोबार भएको थियो । पुरा पढौ

अब आफुखुसी एक्सटेन्सन काउन्टर खोल्न बन्द,यस्तो छ राष्ट्र बैकको नयाँ परिपत्र

बैक तथा फाईनान्स कम्पनीहरुले अवदेखि आफुखुसी एक्स्टेन्सन काउन्टर खोल्न नपाउने भएकाछन् । यसअघि बैंकहरुले आफ्नो इच्छाअनुसार एक्सटेन्सन काउन्टर खोल्ने गरेको राष्ट्र बैंकले नयाँ परिपत्र जारी गर्दे एक्सटेन्सन काउन्टरको लागि पुर्वस्वीकृती अनिवार्य गरेको हो । बाँणिज्य बैक, बिकास बैंक र फाईनान्स कम्पनीहरु समेतको नाउँमा परिपत्र जारी गरी अनुमती लिएर मात्र एक्सटेन्सन काउन्टर खोल्न राष्ट्र बैंकले निर्देशन दिएको छ । उक्त निर्देशन अनुसार एक्सटेन्सन काउन्टर खोल्न अनुमती माग गर्ने बैंक तथा फाईनान्सहरुमा… पुरा पढौ

बेगनास स्वास्थ्य केन्द्रलाई सहयोगीको अक्सिजन

पोखराको पृथ्वीचोकस्थित हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थाले स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ । पोखरा महानगरपालिका वडा नं. ३१ स्थित बेगनास स्वास्थ्य केन्द्रलाई स्वास्थ्य उपकरण हस्तान्तरण गरेको हो । सहकारीले आफ्नो १० औं वार्षिकोत्सवको अवसरमा उक्त सहयोग गरेको हो । सहयोग सामग्रीमा २ थान सिलिण्डरसहितको अक्सिजन ग्यास र निवलाइजर छ । संस्थाका अध्यक्ष शिव सापकोटाले वडाध्यक्ष कमलबहादुर थापामार्फत स्वास्थ्य केन्द्रका उपाध्यक्ष ढकनाथ कंडेल र स्वास्थ्य केन्द्र प्रमुख बलबहादुर गुरुङलाई… पुरा पढौ

गण्डकीमा सोमबारदेखि पानीको मूल्य घट्दै, कति भयो त मूल्य ?

नेपाल बोटल वाटर उद्योग संघ गण्डकी प्रदेशले सोमबारदेखि प्रोसोधित पानीको मूल्य घटाएको छ । वाटर उद्योग संघको जेठ २ गते भएको भेलाको निर्णय अनुसार मूूल्य घटाइएको हो । अब १ जार पानीको मूल्य ६० र बोटलको २० रुपैयाँ पर्ने छ । यसअघि जारको ७० र बोत्तलको २५ रुपैयाँ पथ्र्याे । संघ गण्डकी प्रदेश अध्यक्ष युदनाथ अधिकारीले ठूलो परिमाणमा विदेशबाट पानी आयात हुन थालेपछि स्वदेशी पानीको प्रयोग बढाउन मूल्य घटाइएको बताए… पुरा पढौ

वार्षिक अङ्कमा तलमाथि परेको छैन

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७६(७७ को राजश्व र व्ययको वार्षिक अङ्कमा तलमाथि नपरेको स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महरासित समय लिई उनले राजश्व र व्ययको अनुसूची विवरणमा स्थानीय तह र प्रदेश तहका राजश्वमा जाने केही अङ्क प्राविधिक कारण सङ्घमै देखिएको हो, यसलाई सच्याइ सकिएको प्रतिक्रिया दिएका हुन् । अर्थमन्त्री खतिवडाले सङ्घीयता कार्यान्वयन गर्न बजेटले उच्च प्राथमिकता दिएको र आन्तरीक ऋण रु १७२ अर्बभन्दा… पुरा पढौ

पोखरामा बैंकर्स-विद्यार्थी बहस

पोखरामा बैंकर्स र विद्यार्थीहरुबीच बहसपोखरा विश्वविद्यालयको केन्द्रीय आंगिक कलेज स्कूल अफ बिजनेसको भुतपूर्व विद्यार्थी मञ्चको आयोजनामा पोखरामा शनिबार बैंकर्सहरु र विद्यार्थीबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै पोखरा विश्वविद्यालय, व्यवस्थापन संकायका डिन प्राध्यापक हरी बहादुर खड्काले पोखरा विश्वविद्यालयले व्यवस्थापन संकायको दुई दशकमा धेरै आरोह अवरोह व्यहोर्दै शनिबार नेपालको बैंकहरु हाँक्ने जनशक्ती उत्पादन गर्न सक्ने क्षमता निर्माण गरेको बताए । अन्तक्र्रिया कार्यक्रममा बोल्दै ग्रिन डेभेलोपमेन्ट बैंकका प्रमुख कार्यकारी… पुरा पढौ

सहकारीले केही गरेन भन्ने सोचाईबाट मुक्त हुनुपर्छ : तिवारी

पोखराको पृथ्वीचोकस्थित हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थाले सहकारी शिक्षा तथा अन्तक्र्रिया कार्यक्रम आयोजना गर्यो । सहकारीको १० औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा संस्थाका शेयर सदस्यहरुलाई सहकारी शिक्षाबारे प्रशिक्षण दिइएको हो । नेपाल केन्द्रीय बचत तथा ऋण सहकारी संघ (नेफ्स्कुन) का सञ्चालक नारायण प्रसाद आचार्यले सहयोगी सहकारीका शेयरधनीलाई सहकारी शिक्षाबारे प्रशिक्षण दिएका हुन् । प्रशिक्षक आचार्यले सहकारीलाई सफल रुपमा सञ्चालन गर्न सहकारीका गतिविधि र यस सम्बन्धी जानकारी सबै शेयर… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं