गण्डकीमा सोमबारदेखि पानीको मूल्य घट्दै, कति भयो त मूल्य ?

नेपाल बोटल वाटर उद्योग संघ गण्डकी प्रदेशले सोमबारदेखि प्रोसोधित पानीको मूल्य घटाएको छ । वाटर उद्योग संघको जेठ २ गते भएको भेलाको निर्णय अनुसार मूूल्य घटाइएको हो । अब १ जार पानीको मूल्य ६० र बोटलको २० रुपैयाँ पर्ने छ । यसअघि जारको ७० र बोत्तलको २५ रुपैयाँ पथ्र्याे ।

संघ गण्डकी प्रदेश अध्यक्ष युदनाथ अधिकारीले ठूलो परिमाणमा विदेशबाट पानी आयात हुन थालेपछि स्वदेशी पानीको प्रयोग बढाउन मूल्य घटाइएको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालको पानी विदेश निर्यात गरी अर्थाेपार्जन गर्ने बताउँदै आएका छन् ।

पोखरा महानगरका केही वस्तीमा खानेपानी संस्थानको पानी पुगेको छैन भने पुगेको पानी पनि सोझै पिउन नमिल्ने भएपछि जार र बोत्तलको पानीको प्रयोग बढ्दो छ । यसअघि बिनाकारण संघले पानीको मूल्य बढाएको भनी विरोध भएको थियो ।