अर्थ, वाणिज्य

साताको दोस्रो दिन सोमबार ८.७८ अंक घट्यो नेप्से

साताको दोस्रो कारोबार दिन आज सोमबार पनि नेप्से घटेको छ । नेप्से आज आठ दशमलव ७८ अंक घटेर १२ सय ७५ दशमलव ८२ विन्दुुमा झर्दा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ४३ अंकले घटेर दुुई सय ७२ दशमलव ४६ विन्दुुमा झरेको छ । एक सय ७३ वटा कम्पनीहरुको आठ हजार तीन सय ३४ वटा कारोबारमा २० लाख ७२ हजार तीन सय चार कित्ता सेयर खरिदविक्री भएका छन् । उक्त परिमाणमा सेयर… पुरा पढौ

३ वर्षभित्र प्रतिव्यक्ति आय ३० हजार बढाइने सरकारको लक्ष्य

आगामी तीन आर्थिक वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय ३० हजार रुपियाँले बढाउने लक्ष्य सरकारले तय गरेको छ । राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको मध्यमकालीन खर्च संरचना ९२०७६÷७७–२०७८÷७९०अनुसार तीन वर्षभित्र त्यस्तो आय एक हजार ३३७ डलर पु¥याउने लक्ष्य राखिएको हो । चालू आर्थिक वर्षमा यस्तो आय एक हजार ४७ डलर पुग्ने अनुमान यसअघि नै सार्वजनिक भइसकेको छ । खर्च संरचनाअनुसार आगामी आर्थिक वर्षमा प्रतिव्यक्ति आय एक हजार १२७ डलर पु¥याइने छ ।… पुरा पढौ

आँटामा भ्याट लगाएकोप्रति आपत्ति

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीले आँटा र मस्यौरालगायतका खाद्यवस्तुमा मूल्य अभिवृद्धि कर लगाएकोमा आपत्ति जनाएको छ । महासंघका अध्यक्ष संजिबहादुर कोइरालाले अत्यावश्यक खाद्यवस्तु आँटामा भ्याट लगाएर सरकारले आम नागरिकको भान्छा महंगो बनाएको भन्दै सो निर्णय तत्काल खारेज गर्न माग पनि गरेका छन् । सरकारले आर्थिक वर्ष २०७६/०७७ को बजेट वक्तव्यमार्फत आँटामा भ्याट लगाउने निर्णय गरेको थियो । सरकारको यो निर्णयसँगै एक किलोग्राम आँटा ६/७ रुपैयाँ महंगो हुन पुगेको छ ।… पुरा पढौ

राष्ट्रपति महिला उत्थान कार्यक्रम शुरु

म्याग्दीलगायत ३० जिल्लामा राष्ट्रपति महिला उत्थान कार्यक्रम शुरु भएको छ । ग्रामीण क्षेत्रका महिलाको आयआर्जन सुधार गरी आर्थिक सशक्तिकरण गर्ने उद्देश्यले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले चालू आर्थिक वर्ष २०७५÷७६ देखि कार्यक्रम शुरु गरिएको हो । कृषि, पर्यटन, पशुपालन र सीपमूलक उद्यम व्यवसाय सञ्चालनमा सघाउन महिलाले सञ्चालन गरेका सहकारी, समूह र संस्थालाई अनुदान उपलब्ध गराइएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापामगरले जानकारी दिएका छन् । उनका अनुसार यस… पुरा पढौ

जिएमआर कम्पनीलाई लक्षित गरी बम विष्फोट

माथिल्लो कर्णाली जलविद्युत् आयोजनास्थलमा जिएमआर कम्पनीको सम्पर्क कार्यालयमा अज्ञात समूहले बम विष्फोटन गराएको छ । अछाम जिल्लाको तुर्माखाँद गाउँपालिका–३ असाराघाटमा रहेको जिएमआर कम्पनीले सम्पर्क कार्यालय बनाएको स्थानीय दीपक बिसीको घरलाई लक्षित गरी शनिबार बिहान प्रेसर कुकुर बम विष्फोट गराएको अछाम प्रहरीले जनाएको छ । बम विस्फोटबाट घरको पूर्वतिरको भित्ता चर्किएको छ भने टिनले बनेको शौचालय क्षतविक्षत पारी क्षति पु¥याएको छ । यस्तै घरको बरण्डामा राखेको भे७प ९६९८ नंको मोटरसाइकलमा आगजनी… पुरा पढौ

कोदाको केक बनाउँदै लेकसाइडका महिला

पोखरा ६ का महिलाले कोदो लगायतका खाद्यन्नबाट केक बनाउने तरिका सिकेका छन् । पाहुनलाई नयाँ आइटम पस्किन र नेपाली खाद्यान्नको उपयोग बनाउन तालिम आयोजना गरिएको हो । खहरे आमा समूहका सदस्यले ५ दिने विभिन्न खाद्य परिकार तथा झोल साबुन बनाउने तालिम लिएका हुन् । पोखरा महानगरपाकिलाको आर्थिक सहयोग र आमा समूहको आयोजनामा भएको तालिममा ४० जना सहभागी थिए । तालिममा शारदा गौतमले प्रशिक्षण दिएकी छन् । समूहले कोदो, चामल, गहुँको… पुरा पढौ

गरिबलाई स्वास्थ्य सेवा दिन पालिकाको ५ लाख

माछापुच्छ«े गाउँपालिकाले विपन्न तथा गरिब घरपरिवार छनोट गरी उनीहरुको निशुल्क स्वास्थ्य बिमा गरेको छ । गाउँपालिकाले चालु आवमा वडा नं १ देखि ६ सम्मका १४२ घरधुरी छनोट गरी उनीहरुको स्वास्थ्य बिमा गरिएको छ । विपन्नताका कारण स्वास्थ्य सेवा पाउनबाट गाउँपालिकाभित्रका कोही पनि नागरिक वञ्चित हुन नपरोस् भनेर गरिब परिवार यकिन गरी यही जेठ महिनाबाट लागू हुने गरी उनीहरुका सदस्यको स्वास्थ्य बिमामा आबद्ध हुँदा लाग्ने योगदान रकम पालिकाले नै भुक्तानी गरेको… पुरा पढौ

जोमसोम विमानस्थल १५ दिनका लागि बन्द

मुस्ताङको जोमसोम विमानस्थल शनिबारदेखि १५ दिनका लागि बन्द हुने भएको छ। विमानस्थलको धावनमार्गमा कालोपत्र थप (ओभरले) गर्नुपर्ने भएकाले उडान बन्द गरिएको जोमसोम नागरिक उड्डयन कार्यालयले जनाएको छ। ‘असार ७ गतेसम्म विमानस्थल बन्द रहन्छ’, कार्यालयप्रमुख भानु कोइरालाले भने, ‘त्यतिञ्जेल धावनमार्ग सुधारको काम सकिन्छ।’ जोमसोममा हावाहुरी चल्ने र मौसम पनि फेरबदल भइरहने हुँदा उडान नै रोकेर काम गर्नु परेको उनको भनाइ छ। विमानस्थल स्तरोन्नति योजनाअनुसार धावनमार्गको तह मिलाउने (ग्रेड सुधार), कालोपत्र थपलगायत… पुरा पढौ

अब इलेक्ट्रिक स्कुटर पनि दर्ता, नम्बर पनि दिइने

अब बिना दर्ता विद्युतीय स्कुटर चलाउन नपाइने भएको छ । यातायात व्यवस्था विभागले दर्ता नगरी चलाएमा विद्युतीय स्कुटरहरुलाई कार्बाही गर्न ट्राफिक प्रहरी निर्देशनालयलाई पत्राचार गरेको छ । यसअघि विद्युतीय स्कुटर दर्ता गराएर चलाउनु पर्ने नियम थिएन । विभागले १५ दिनभित्र स्कुटर दर्ता गर्ने समयसीमा दिएको छ । ट्राफिक प्रहरी निर्देशनालयका एसएसपी बसन्त पन्तले विभागमा विद्युतीय स्कुटर दर्ता गरेपछि अन्य सवारीलाई विल बुक दिने र नम्बर पनि प्रदान गर्ने बताए ।… पुरा पढौ

म्यानपावरले एजेन्ट राख्न नपाउने

वैदेशिक रोजगार व्यवसायीहरुले अब कम्पनीमा प्रतिनिधि (एजेन्ट) राख्न नपाउने भएका छन् । केही नेपाल ऐन संशोधन गर्न बनेको ऐन २०७५ सरकारबाट २०७५ फागुन ११ प्रमाणीकरण भई वैदेशिक रोजगार ऐन २०६४ संशोधन भएसँगै म्यानपावर कम्पनीहरुले एजेन्ट राख्न पाउने प्रावधान खारेज भएको छ ।  म्यानपावर कम्पनीले वैदेशिक रोजगारीसम्बन्धी कुनै पनि काम एजेन्टमार्फत नगराउन सरकारले सूचना समेत जारी गरेको छ । यदि एजेन्टमार्फत् वैदेशिक रोजगारीका काम कार्बाही अघि बढाइएमा सरकारले त्यस्ता म्यानपावरलाई कार्बाही… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं