आगामी तीन आर्थिक वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय ३० हजार रुपियाँले बढाउने लक्ष्य सरकारले तय गरेको छ ।
राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको मध्यमकालीन खर्च संरचना ९२०७६÷७७–२०७८÷७९०अनुसार तीन वर्षभित्र त्यस्तो आय एक हजार ३३७ डलर पु¥याउने लक्ष्य राखिएको हो ।
चालू आर्थिक वर्षमा यस्तो आय एक हजार ४७ डलर पुग्ने अनुमान यसअघि नै सार्वजनिक भइसकेको छ । खर्च संरचनाअनुसार आगामी आर्थिक वर्षमा प्रतिव्यक्ति आय एक हजार १२७ डलर पु¥याइने छ ।
त्यसपछि अर्को वर्ष एक हजार दुई सय २२ र अन्तिम वर्षमा एक हजार ३३७ डलर पुग्ने अनुमान गरिएको छ । तीन वर्षको अवधिमा अन्तिम वर्ष आर्थिक वृद्धिदर ९.९ प्रतिशत पु¥याउने सरकारी लक्ष्य छ ।
आगामी आवमै त्यस्तो वृद्धिदर ८.५ प्रतिशत पुग्ने र त्यसको अर्को वर्ष ९.६ प्रतिशतसम्म वृद्धिदर हासिल गर्ने लक्ष्य तय गरिएको छ । तीनै वर्ष मुद्रास्फिति छ प्रतिशत कायम राख्ने लक्ष्य छ ।




