जेठ १० गते २०७६

ताजा समाचार

जेठ १० गते २०७६

नाटा टोली शनिबार कोरालातिर



नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा) गण्डकी प्रदेशले जेठ ११ देखि फाम टुर गर्ने भएको छ । पर्यटन प्रवद्र्धन गर्न नाट्टाले लोमान्थाङ हुँदै कोराला नाकासम्म अवलोकन भ्रमण गर्न लागेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

५ दिने अवलोकन भ्रमणमा नाटा गण्डकी प्रदेश संघमा आवद्ध सदस्य, नेपाल पर्यटन बोर्ड, विभिन्न पर्यटकीय संघ संस्थाका अध्यक्ष, प्रतिनिधि तथा पत्रकारसहित ३६ जनाको सहभागिता रहनेछ । शनिबार बिहान पोखराबाट ६ वटा गाडीमा प्रस्थान गर्ने टोलीले बाग्लुङ, म्याग्दी र मुस्ताङको लोमाङथाङमा अन्तरक्रिया, भेटघाट तथा पत्रकार सम्मेलनसमेत गर्ने नाटा अध्यक्ष सन्तोष पोखरेलले जानकारी दिए ।

भ्रमणले गण्डकी प्रदेशको प्रर्यटन प्रबद्र्धन र प्रदेश सरकारले घोषणा गरेको आन्तरिक भ्रमण वर्ष २०१९ लाई सफल पार्न महत्वपूर्ण भ्रमिका खेल्ने संस्थाका महासचिव हरिराम अधिकारीले बताए । नाटाका सदस्य एवं भ्रमण कार्यक्रम संयोजक कुलचन्द्र शर्माले कोराला नाकासम्म पुग्दा बीचमा पर्ने पर्यटकीय स्थल र पर्यटन व्यवसायीसँग अन्तक्र्रिया गरी पर्यटन प्रवद्र्धनका लागि भूमिका निर्वाह गर्ने बताए । कार्यक्रममा पर्यटन व्यवसायी गोपी भट्टराईले भ्रमण टोलीलाई फस्ट एड बक्स प्रदान गरे ।

कार्यक्रममा नाटाका उपाध्यक्ष सञ्जयकान्त सिग्देल, नेपाल पर्यटन बोर्ड गण्डकी प्रमुख मणी लामिछाने लगायतले बोलेका थिए ।