ताजा समाचार

जेठ ८ गते २०७६

वेगनासमा जेठ १३ बाट माछा महोत्सव

कास्कीको बेगनास र रुपा ताललगायतका तालमा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने गरी लेखनाथ होटल तथा रेष्टुराँ एशोसिएशनले यही जेठ १३ देखि २० गतेसम्म फिस फेस्टेबलको आयोजना गर्ने भएको छ ।

विगतमा तीन दिने माछा महोत्सव गर्दै आएकामा यस वर्ष महोत्सवको अवधि बढाएर आठ दिनको बनाइएको हँुदा यस वर्षको महोत्सव अन्य महोत्सवभन्दा प्रभावकारी हुने आयोजकले जनाएको छ । यस क्षेत्रमा रहेका सात वटा तालको प्रचारप्रसारमा सहयोग पुग्ने र ताल क्षेत्र वरपर आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले पाँचौँ संस्करणको माछा महोत्सव गर्न लागिएको बुधबार आयोजित पत्रकार सम्मेलनमा एशोसिएशनका निवर्तमान अध्यक्ष दामोदरभक्त थापाले जानकारी दिए ।

महोत्सवमा स्थानीय जातका माछाको स्वाद चाख्नदेखि माछा उत्पादन प्रविधिका बारेमा जानकारी दिन र लिन महोत्सव सहयोगी हुने तथा महोत्सवमा कृषि व्यापार मेलासमेत समावेश गरिएकाले आगन्तुक पाउनादेखि कृषकलाई पनि सहयोग मिल्ने आयोजकले जनाएको छ ।

महोत्सवमा करिव सय वटा स्टल रहनेछन् जसमध्य ७० प्रतिशत स्टल स्थानीय कृषि उत्पादन तथा व्यापारसँग सम्बन्धित छन् । बेगनासतालमा पाइने प्राय सबै थरिका माछा समेटिइने गरी एक दर्जन स्टल सहित, खेलकुद अन्य मनोरंजनात्मक कार्यक्रमसहित यस वर्षको माछा महोत्सव आयोजना हुन लागेको बताइएको छ ।
महोत्सवका लागि करिब २६ लाख रुपैंया खर्च र २८ लाख रुपैयाँ आम्दानी हुने लक्ष्य राखिएको छ । खर्च र आम्दानी कटाएर भएको बचत बेगनासतालमा लोप हुन लागेका माछा संरक्षणमा विशेष प्रयोग गरिने आयोजक होटल तथा रेष्टुरेष्ट एशोसियसन लेखनाथका अध्यक्ष कृष्णप्रसाद तिमिल्सनाले जनाए ।

महोत्सवलाई प्रभावकारी तरिकाले सञ्चालन गर्न बिभिन्न उपसमिति गठन गरि तयारीलाई तिव्रताका साथ अगाडी वढाइएको छ । यस वर्षको माछा महोत्सवमा डुङ्गा दौड प्रतियोगिता, पौडी प्रतियोगिता र गण्डकी प्रदेश स्तरीय दोहोरी गित प्रतियोगिताका साथै अन्य सांस्कृतिक कार्यक्रम गरिने एशोशिएशनका अध्यक्ष कृष्णप्रसाद तिवारीले जानकारी दिए ।