ताजा समाचार

जेठ १३ गते २०७६

सोमबारको सेयर बजार यस्तो छ

सेयर लगानीकर्ताहरुमा बन्दको प्रभाव सामान्य देखिएको छ । बन्दकै कारण हुुन सक्छ, साताको दोस्रो कारोवार दिन सोमबार नेप्से सामान्य अंकले बढे पनि कारोवार रकम भने अघिल्लो दिनको तुुलनामा घटेको छ ।

नेप्से शून्य दशमलव ३४ अंकले बढेर १३ सय दुुई दशमलव ९६ विन्दुुमा चढ्दा सेन्सिटिभ इन्डेक्स पनि शून्य दसलव शून्य पाँच अंकले बढेर दुुई सय ७७ दशमलव ६१ विन्दुुमा चढेको छ । एक सय ७० कम्पनीहरुको छ हजार छ सय १८ वटा कारोवारमा १७ लाख एक हजार ६४ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुुंदा कारोवार रकम ५१ करोड ९५ लाख ५६ हजार सात सय ९३ रुपैयाँ पुुगेको छ । 

नेप्सेमा आज ११ वटा समूहको कारोवार भएकोमा आठ वटा समूहको सूचक बढे पनि तीन वटा समूहको सूचक घटेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक शून्य दशमलव ९६ अंकले घटेर ११ सय ५६ दशमलव ८६ विन्दुुमा झर्दा निर्जीवन बीमा समूहको सूचक १५ दशमलव ८९ अंकले घटेर पाँच हजार आठ सय ४३ दशमलव २६ विन्दुुमा झरेको छ । जीवन बीमा समूहको सूचक पनि आज घटेको छ ।

बिकास बैक समूहको सूचक भने एक दशमलव ८१ अंकले बढेर १५ सय ८६ दशमलव ८४ विन्दुुमा चढ्दा जलविद्युुत समूहको सूचक पनि दुुई दशमलव ८८ अंकले बढेर १२ सय ५१ दशमलव छ विन्दुमा चढेको छ । फाइनान्स, लघुुबित्त, होटल, उत्पादनमूलक, अन्य र सामूहिक लगानी कोष समूहको सूचक पनि बढेका छन् । 

आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको स्पर्श लघुुवित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य नौ रुपैयाँ ८३ पैसाले बढेर चार सय ५८ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको सिर्नर्जी पावर डेभलपमेन्ट कम्पनीको प्रतिकित्ता सेयर मूल्य आठ रुपैयाँले घटेर ९२ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी, रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको शिवम् सिमेन्टको प्रतिकित्ता पाँच सय ८८ रुपैयाँ अन्तिम मूल्यमा सात करोड ३१ लाख ७८ हजार दुुई सय ४३ रुपैयाँको कारोवार भएको छ ।