गण्डकी र ५ नम्बर प्रदेशमा ब्रोडब्याण्ड नयाँ प्रक्रियाबाट


नेपाल दूरसञ्चार प्राधिकरणले यूटिएलसँगको सम्झौता खारेज गरेको छ । गण्डकी र प्रदेश–५मा ब्रोडब्याण्ड निर्माण र विस्तारको जिम्मा पाएको यूटिएलसँग प्राधिकरणले मंगलबार सम्झौता खारेज गरेको हो ।

सम्झौता भएको मितिले दुई वर्षभित्र काम सक्नेगरी यूटिएलसँग २०७४ वैसाखमा प्राधिकरणले सम्झौता गरेको थियो । तर, उक्त सम्झौता अवधि सकिएपछि सम्झौता तोडिएको हो । सम्झौताको अवधिमा कुनै किसिमको भौतिक प्रगति नभएको भन्दै प्राधिकरणले सम्झौता खारेज गर्ने निर्णय गरेको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले जानकारी दिएका छन् ।

अर्यालका अनुसार युटिएलले समय थपको लागि प्राधिकरणमा निवेदन समेत पेश गरेको थियो । तर युटिएलको काममा कुनै प्रगति नभएकाले प्राधिकरणले सम्झौता खारेज गर्ने निर्णय गरेको हो । युटिएलसँगको सम्झौता खारेज भएसँगै अब प्राधिकरणले गण्डकी र ५ नम्बर प्रदेशमा ब्रोडब्याण्ड निर्माण र विस्तारको लागि नयाँ प्रक्रिया अघि बढाउने जनाएको छ


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं