ताजा समाचार

वैशाख २२ गते २०७६

निभा गल्लीमा भीम र मोहनको क्याफे

पोखरा चिप्लेढुंगा निभागल्लीमा युवा उद्यमी भीम गौतम र मोहन पण्डितले १ करोड २५ लाखको लगानीमा सञ्चालन गरेको क्याफे आइतबार उद्घाटन भएको छ । स्वादका पारखी पोखरेलीलाई क्याफे साइट रेस्ट्रो एन्ड बार खोलिएको सञ्चालकद्वयको दावी छ ।

क्याफे एन्ड बारको उद्घाटन गर्दै प्रदेश सभा सदस्य बिन्दुकुमार थापाले व्यस्त बजारमा प्रभावकारी सेवा दिन आग्रह गरे । उनले पारिवारिक वातावरणमा क्याफे सञ्चालन गरिनुपर्ने भन्दै क्याफेमा कर्मचारीले दिने सेवा र सुविधाले स्वादका पारखिलाई तान्ने बताए ।

स्वदेशी युवालाई रोजगार र भीड तथा व्यस्त जीवनमा स्वस्थकर खानाका परिकारले मानव स्वास्थ्यमा असर नपर्ने भन्दै उपभोक्ताका सेवामा कमजोर परिकार नदिन आग्रह गरे । सञ्चालक भीम गौतमको अध्यक्षता, मोहन पण्डितको स्वागत, समासजेवी नवीन बरालको सञ्चालनमा भएको उद्घाटन कार्यक्रममा पोखरा ९ का अध्यक्ष रामराज लामिछानेले व्यस्त समाज र उद्यमी क्षेत्रमा स्थापना भएको क्याफेले सफलता हासिल गर्ने बताए ।

कार्यक्रममा उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपीलनाथ कोइरालाले प्राइम लोकेसनका कारण क्याफे साइट रेस्ट्रो एन्ड बार सबैले रोज्न सक्ने बताए । कोइरालाले गुणस्तरमा सम्झौता नहुने बताउँदै गुड सर्भिस प्रवाह गर्न सञ्चालकलाई अनुरोध गरे । पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइरालाले युवाले अत्यन्तै सफल र राम्रो कार्यमा हात हालेको उल्लेख गरे । सरकारले गर्नु पर्ने रोजगारका अवसर क्याफेले दिन लागेको भन्दै उद्यम गरेर राज्यलाई टेवा दिएको बताए ।

पारिवारिक जमघटमा खानाका विभिन्न परिकारका स्वाद लिन सक्ने क्याफेले जनाएको छ । एकै साथ १ सय ५० जनाको क्षमतामा विभिन्न स्वादका परिकार दिन सक्ने सुविधा क्याफेमा छ । आन्तरिक तथा वाह्य पर्यटकलाई केन्द्रमा राखेर क्याफे सञ्चालन गरिएको क्याफे साइट रेस्ट्रो एन्ड बारका सञ्चालक भीम गौतमले बताए ।

इटालियन, थाई फुड, इन्डियन, चाइनिज र टिपिकल नेपाली स्वादमा परिकार बन्ने छ । छिटो, छरितो र स्वादिलो परिकारको सेवा दिने उद्देश्यले सञ्चालन भएको क्याफेमा मटन तावा, आलु फ्राई, चिकन फ्राई, पिज्जा, कफी सप, बेकरी, मम, चाउमिनसँगै बारको स्वाद लिन सक्ने छ । उद्घाटनका अवसरमा क्याफेले सामाजिक सेवामासमेत काम गर्ने उल्लेख गरेको छ । ५ वर्ष कोरिया बसेका पण्डितले आफ्नै क्षेत्रमा करिव ३० जना युवा÷युवतीलाई रोजगारीको अवसर प्रदानगरी स्थानीय उद्यमशीलता बढाउने सोचलाई व्यवहारमा उतारेको उल्लेख गरे । क्याफे एन्ड बारले पोखरेलीको चाहना अनुसार खाना तथा खाजाको आइटममा थप घट गर्ने जनाएकोे छ ।