ताजा समाचार

वैशाख २० गते २०७६

२ वर्षमा पैसा छाप्ने छापाखाना, सञ्चार क्षेत्रलाई नियमन गर्ने बेग्लै निकाय

सरकारले २ बर्षभित्र सुरक्षित छापाखाना स्थापना गर्ने भएको छ । छापाखान स्थापनापछि राहदानी, बैंक नोट, अन्तशुल्क स्टिकर, हुलाक टिकट, जग्गाधनी प्रमाणपुर्जा र सार्वजनिक महत्वका कागजातहरु सुरक्षण मुद्रण गरिनेछ ।

सरकारले आमसञ्चार क्षेत्रलाई मर्यादित र व्यवसायीक बनाउन कानुनी र संस्थागत व्यवस्था सहितको नियामक निकाय स्थापना गर्ने भएको छ । शुक्रबार प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा यो उल्लेख छ ।