ताजा समाचार

वैशाख २० गते २०७६

मोटरसाइकलमा भेटियो एक किलो सुन

एक किलो सुनसहित रौतहटमा एक युवक पक्राउ परेका छन् । शुक्रबार विहान साढे ५ बजे रौतहटको गौर नगरपालिका–४ बसपार्कबाट प्रहरीले सुनसहित २१ वर्षका अनुकेशकुमार साहलाई पक्राउ गरेको हो ।

लु ४ प ५८०३ नम्बरको मोटरसाइकलमा रहेका उनलाई प्रहरी निरीक्षक पपु नायक नेतृत्वको टोलीले चेकजाँच गर्दा ४ टुक्रा सुन फेला पारेको हो । साहबाट बरामद पहेंलो धातु सुनचाँदी व्यवसायी संघ गरुडामा परीक्षण गर्दा सुन भएको पुष्टि भएको प्रहरीको भनाइ छ ।