विप्लव समूहद्वारा ६० विगाह जग्गा कब्जा

सरकारद्वारा हिंसात्मक गतिविधी गरेको भन्दै प्रतिवन्ध लगाएको नेत्र बिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पछिल्लो समय जग्गा कब्जाको श्रृङखला बढाईरहेको छ । यसैबीच विप्लव समूहले महोत्तरीमा जग्गा कब्जा गरेको छ ।

महोत्तरी जिल्लाको गौशला नगरपालिका ८ नवराजपुरको ६० विगाह जग्गा पुन कब्जा गरेको जनाएको छ । सोही जग्गा यसअघि माओवादी सशस्त्र युद्धको समयमा पनि कब्जामा लिईएको थियो । पार्टीले सुकम्बासीहरुलाई डर, त्रास, धम्की र घरपरिवारहरुलाई यातना नदिन पनि चेतावनी दिने गरेको र त्यसलाई रोक्न पनि चेतावनी दिएको छ ।