१० हजारलाई रोजगारी दिन १७ करोडको तालिम

गण्डकी प्रदेशले प्रदेशभित्र कम्तीमा १० हजारलाई रोजगारी सिर्जना हुने गरी सीपमूलक तालिम सञ्चालन गर्ने भएको छ । यसका लागि १७ करोड ६५ लाख खर्च गर्ने प्रदेशको योजना छ ।

यस्तै, गलैंचा र पश्मिना जस्ता उच्च मूल्यमा निर्यात सम्भावना भएका वस्तुको उत्पादनमा सघाउ पु¥याउन यस्ता उद्योगलाई आवश्यक पर्ने जनशक्तिका लागि पनि तालिम दिने योजना सरकारको छ । आइबार पेश भएको बजेटमा विपन्न महिला तथा लक्षितवर्गका लागि उद्यम प्रवद्र्धन गर्न आवश्यक आर्थिक सहयोग गर्ने व्यवस्था पनि रहेको छ ।