अर्थ, वाणिज्य

सुनको मूल्य आकाशियो, हेरौं कति पुग्यो ?

नेपाली बजारमा सुनको मूल्यले रेकर्ड राख्ने क्रम जारी छ । सोमबार पनि सुन ईतिहासकै उच्च मूल्यमा कारोबार हुँदैछ । नेपाल सुन चाँदी व्यवसायी संघले सोमबारका लागि छापावाल सुनको प्रतितोला मूल्य ६७ हजार ८ सय रुपैयाँ कायम गरेको छ । आइबतार पनि सुनको मूल्यले नयाँ रेकर्ड राखेर ६६ हजार ३ सयमा कारोबार भएको थियो । सोमबार तेजाबी सुनको प्रतितोला मूल्य नै ६७ हजार ५ हजार पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी… पुरा पढौ

सयपत्री सहकारीको १०औं वार्षिकोत्सव

सयपत्री वचत तथा ऋण सहकारी संस्था पोखरा–११ ले आफ्नो १० औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आइतबार सम्पन्न गरेको छ । उक्त कार्यक्रममा १ सय ४ जनाले रक्तदान गरेका थिए । भूमि, कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशका सहकारी महाशाखाका अधिकृत सागर खनालले पहिलो रक्तदाता पोखरा भ्याली इन्स्च्यिुटका सञ्चालक विष्णुप्रसाद लामिछानेलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए । उक्त अवसरमा प्रमुख अतिथि खनालले सहकारीका सात सिद्धान्तलाई अंगिकार गरी अघि… पुरा पढौ

संगम सहकारीका सदस्यलाई तालिम

पोखरा–१५ स्थित संगम बचत तथा ऋण सहकारी संस्थाले आफ्ना संचालक समिति, लेखासमितिसहित अन्य उपसमितिका पदाधिकारी र व्यवस्थापकहरुलाई क्षमता अभिवृद्धि तालिम दिएको छ । नेफ्स्कुनको प्राविधिक सहयोगमा पाँच दिनसम्म संचालित तालिम समापनमा गण्डकी प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका उपसचिव बद्रीनाथ अधिकारीले सहकारीको सुशासनमा यस्ता तालिमबाट प्राप्त सिकाईले सहयोग मिल्ने बताए । सहकारीलाई सही बाटो देखाउन छाता संगठनको महत्वपूर्ण भूमिका हुने भएकोले अन्य सहकारीहरुमा पनि यस्ता तालिमहरु संचालन गर्न नेफ्स्कुनलाई… पुरा पढौ

बैंक ऋणको ब्याज घट्ने संकेत !

वाणिज्य बैङ्कहरुले धमाधम नाफा गरेको वित्तीय विवरण प्रकाशित गरिरहेका छन् । आर्थिक वर्ष सकिएको १९औँ दिनसम्म २८ वटा वाणिज्य बैङ्कमा ९ वटा वाणिज्य बैङ्कहरुले वित्तीय विवरण प्रकाशित गरेका छन् । बैङ्क तथा वित्तीय संस्थाहरुले आर्थिक वर्ष २०७५÷०७६ को वित्तीय विवरण प्रकाशित गरेका हुन् ।  वित्तीय विवरण प्रकाशित गरेको ९ वटामा नेपाल बैङ्कबाहेक सबैको नाफा बढेको छ । सरकारी लगानीसमेत रहेको नेपाल बैङ्कका अधिकांश सूचकमा प्रगति हुन सकेको छैन । नेपाल… पुरा पढौ

मेलोडी क्याफेको नयाँ रुप, ९९ रुपैयाँमै खाजा सेट

मेलोडी क्याफे एण्ड लाउञ्ज वार नयाँ व्यवस्थापन र स्वरुपका साथ सञ्चालनमा आएको छ । अहिले प्रि ओपनिङका रुपमा सञ्चालन भइरहेको क्याफे भाद्र १ देखि औपचारिक रुपले पुर्णरुपमा सञ्चालनमा आउने शनिबार पोखरामा क्याफेका बारे जानकारी दिनका लागि आयोजित पत्रकार सम्मेलनमा क्याफेका अध्यक्ष सुरेश पहारीले जानकारी दिए । उनले बदलिंदो समय, ग्राहकको रोजाइमा देखिएको परिवर्तनलाई मध्यनजर गर्दै मेलोडी क्याफे एण्ड लाउञ्ज बारलाई परिमार्जन गरि सञ्चालनमा ल्याउन लागेको बताए । १ करोड रुपैयाको… पुरा पढौ

यस्तो पो उद्योग !

नेपाली हाते कागजको माग अत्यधिक भए पनि उत्पादन न्यून रहेको छ । कागज उद्योगमा लगानी, प्रविधि र जनशक्ति अभाव छ । वनमा लोक्ता त्यसै खेर गइरहेको छ । भएका उद्योगलाई कागजको माग धान्नै धौधौ छ । गलकोट नगरपालिका–१०, पाण्डवखानीस्थित घुम्टे हाते कागज उद्योगका सञ्चालक चुराबहादुर घर्ती वर्षमा ३ लाखदेखि चार लाख थान कागजको माग आउने गरेको बताउछन् । ‘मागअनुसार कागज पुर्याउनै सकिएको छैन’, उनले भने, ‘हाम्रोमा जम्मा डेढ लाख थानसम्म… पुरा पढौ

नयाँ आ.व.संगै गाडीको नयाँ मूल्य, हेरौं कुन गाडीको कति मूल्य ?

देशमै अटोमोबाइस् उत्पादक कम्पनी नभएको अवस्थामा हाल नेपालमा विभिन्न देशहरुबाट सवारी साधनहरु आयात हुँदै आएका छन् । छिमेकी देश भारत–चीन देखि अमेरिका, बेलायत, जापान लगाएत युरोपियन देशहरुबाट समेत नेपालमा सवारी साधनहरु आयात हुने गरेका छन् । हाल नेपालमा धेरै आयात भएका र विक्री वितरण हुने गरेका विश्व प्रख्यात अटोमोबाइलस् ब्राण्डहरुमा सुजुकी, हुण्डाई, टाटा, निसान, रेनल्ट, मिट्सुविसी, फर्ड, फक्सवागन, स्कोडा, ड्याट्सन, होण्डा लगाएतका ब्राण्डहरु छन् । यी बाहेक पनि बजारमा केहि… पुरा पढौ

टुवोर्ग वियर कम्पनीले ८७ करोड अन्तःशुल्क तिर्न बाँकी !

सर्वाेच्च अदालतको फैसलासँगै आन्तरिक राजश्व कार्यालय भरतपुरले गोर्खा ब्रुअरीलाई अन्तिम अन्तःशुल्क निर्धारण आदेश जारी गरेको छ । कार्यालयले २ आर्थिक वर्षको तिर्न बाँकी रहेको ८७ करोड १४ लाख ९७ हजार ५ सय ७८ रुपैयाँ ७ दिनभित्र दाखिला गर्न आदेश जारी गरेको हो । कार्यालयका प्रमुख शुभप्रसाद रिजालका अनुसार आव २०७३/७४ को रु ५३ करोड २१ लाख ५७ हजार ६ सय १५ र आर्थिक वर्ष २०७४/०७५ को रु ३३ करोड ९३… पुरा पढौ

मुक्तिनाथको रानीपौवामा महोत्सव

हिमाल पारीको जिल्ला मुस्ताङको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथको मुख्य प्रवेशद्वार रानीपौवामा यही साउन २७ देखि ३० गतेसम्म यार्तुङ महोत्सव हुने भएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र जनप्रिय युवा क्लबको आयोजना तथा नेपाल पर्यटन बोर्डको सहयोगमा महोत्सव हुन लागेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो गाउँपालिकाका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङले जानकारी दिए । हिमाली संस्कृतिको जीवन्तता र यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न आयोजित महोत्सवमा याकमा सवार, ऐतिहासिक घोडा दौड, परम्परागत ताराखेल,… पुरा पढौ

गण्डकी प्रदेशमा सहकारी रजिष्ट्रार कार्यालय

गण्डकी प्रदेशमा सहकारी रजिष्ट्रार कार्यालय स्थापना भएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मातहतको सो कार्यालयको मंगलबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे । प्रदेश सरकारको कार्य क्षेत्रभित्र परेका सहकारी सङ्घसंस्थाको दर्ता, नवीकरण, प्रशिक्षण, नियमन तथा दर्ता खारेजीसम्मका कार्य गर्नका लागि कार्यालय स्थापना गरिएको हो । गत वर्ष माघ २७ गते संसद्बाट पारित सहकारी ऐनमा सहकारीको व्यवस्थापन तथा नियमनका लागि रजिष्ट्रारको कार्यालय रहने व्यवस्था भएबमोजिम साउन ८ गतेको मन्त्रिपरिषद्ले… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं