ताजा समाचार

श्रावण १६ गते २०७६

नयाँ आ.व.संगै गाडीको नयाँ मूल्य, हेरौं कुन गाडीको कति मूल्य ?

देशमै अटोमोबाइस् उत्पादक कम्पनी नभएको अवस्थामा हाल नेपालमा विभिन्न देशहरुबाट सवारी साधनहरु आयात हुँदै आएका छन् ।

छिमेकी देश भारत–चीन देखि अमेरिका, बेलायत, जापान लगाएत युरोपियन देशहरुबाट समेत नेपालमा सवारी साधनहरु आयात हुने गरेका छन् ।

हाल नेपालमा धेरै आयात भएका र विक्री वितरण हुने गरेका विश्व प्रख्यात अटोमोबाइलस् ब्राण्डहरुमा सुजुकी, हुण्डाई, टाटा, निसान, रेनल्ट, मिट्सुविसी, फर्ड, फक्सवागन, स्कोडा, ड्याट्सन, होण्डा लगाएतका ब्राण्डहरु छन् । यी बाहेक पनि बजारमा केहि नयाँ ब्राण्डहरु आएका छन् ।

यी मध्य हामीले नेपाली बजारमा धेरै चलेका र बिक्री वितरण बढि हुने केही ब्राण्ड र तिनका गाडीहरुको बजार मूल्य प्रस्तुत गरेका छौं ।

टाटा

टाटा टियागो, टिगोर : ११९९ सीसी इन्जिन क्षमतामा उपलब्ध टाटा टियागोको भिन्नभिन्न १२ भेराइटिजका कारहरु नेपाली बजारमा उपलब्ध छन् ।

टियागोको बजार मूल्य न्यूनतम २१ लाख देखी अधिकतम ३३ लाख रुपैयाँ सम्म रहेको छ ।

न्यूनतम बजार मूल्य रहेको टियागो ‘एक्सई’ मोडल हो । यसको अधिकतम बजार मूल्य २१ लाख ५५ हजार रहेको छ । त्यस्तै बढी मूल्यको टिगोर ‘आरटी एक्सजेट प्लस’को अधिकतम बजार मूल्य ३३ लाख ९९ हजार रहेको छ ।

नेक्सन(१२–१४सय सीसी): न्यूनतम मूल्य ३५ लाख ५५ हजार, अधिकतम मूल्य ४६ लाख ९९ हजार ।

सफारी(२१७९ सीसी): न्यूनतम ६७ लाख ९९ हजार, अधिकतम ९१ लाख ९९ हजार ।

टाटा सुमो (१९४८–२९५६ सीसी): न्यूनतम ३६ लाख ५५ हजार, अधिकतम ४६ लाख ५५ हजार ।

हुण्डाई

स्यान्ट्रो(१०८६सीसी): न्यूनतम २२ लाख ९६ हजार, अधिकतम ३० लाख ५६ हजार । ग्राण्ड आई१०/२०(११९७ सीसी): न्यूनतम २९ लाख ५६ हजार, अधिकतम ३८ लाख ९६ हजार । एक्ससेन्ट ११९६ सीसीः ३१ लाख ९६ हजार, ३४ लाख ५६ हजार ।

भर्न १५९१ सीसीः ४९ लाख ९६ हजार, ५३ लाख ९६ हजार ।

क्रेटा (१३९६–१५९१ सीसी): न्यूनतम ४३ लाख ९६ हजार, अधिकतम ६१ लाख ९६ हजार ।

ट्युसन/सान्टा १९९९/२१९९ सीसीः न्यूनतम ७४ लाख ९६ हजार, अधिकतम एक करोड ५६ लाख ९६ हाजर

ईलेक्ट्रिक कोनाः ५५ लाख ९६ हाजर, ६५ लाख ९६ हजार

निसान

सन्नी १४६१ सीसी : ३९ लाख ९९ हजार

किक्स् (१४६१/१४९८ सीसी): न्यूनतम ४८ लाख ९९ हजार, अधिकतम ६० लाख ९९ हजार

एक्सट्रेल १९९८ सीसी : एक करोड २४ लाख ९९ हजार, एक करोड २९ लाख ९९ हजार

ड्याट्सन

रेडि गो (७९९/९९९ सीसी): १९ लाख ९९ हजार, २१ लाख ९९ हजार र २५ लाख ९९ हजार

न्यूँ गो ११९८ सीसीः २६ लाख ९९ हजार, २७ लाख ४९ हजार र २८ लाख ८४ हजार

म्याक्र ११९८ सीसीः २७ लाख ४९ हजार र २८ लाख ८४ हजार

रेनल्ट

क्युईड ९९९ सीसीः न्यूनतम २१ लाख ९६ हजार ६१३, अधिकतम २४ लाख ५८ हजार

५५६ डस्टर(१४६१/१४९८ सीसी): न्यूनतम ३९ लाख ९० हजार, अधिकतम ५८ लाख ६२ हजार,

५५३ क्याप्चर(१४६१/१४९८ सीसी): न्यूनतम ४८ लाख १४ हजार ३४५, अधिकतम ६४ लाख ८९ हजार ३०

लोडजी १४६१ सीसीः ४५ लाख ५ हजार ५००, ४८ लाख २४ हजार र ५६ लाख ६७ हजार

फक्सवागन

टिगन (१९६८/१९८४ सीसी): न्यूनतम एक करोड १५ लाख, अधिकतम एक करोड ५८ लाख

एमरोक (२.०) १९६८ सीसीः ८२ लाख

जिट्टा (१.०) १५९८ सीसीः ७९ लाख

पोलो ९९९–१५९८ सीसीः न्यूनतम २७ लाख ९५ हजार, अधिकतम ४७ लाख ४५ हजार

भेन्टो (१४९८/१५९८ सीसी): न्यूनतम ३९ लाख ९५ हजार, अधिकतम ५१ लाख ९५ हजार

फोर्ड

फिगो(११९४–१४९८ सीसी): न्यूनतम २४ लाख ९९ हजार, अधिकतम ३० लाख ९९ हजार

एस्पायर(११९४–१४९८): न्यूनतम २८ लाख ४९ हजार, अधिकतम ३४ लाख ५० हजार

फ्रिस्टाईल (११९४–१४९८ सीसी): न्यूनतम ३० लाख ४९ हजार, अधिकतम ३४ लाख ५० हजार

ईकोस्र्पोट (१४९७/१४९८ सीसी): न्यूनतम ३५ लाख ९० हजार, अधिकतम ४७ लाख ९० हजार

रेन्जर(१९९६/३१९८ सीसी): ७९ लाख, एक करोड ४५ लाख

ईन्डियभर ३१९८ सीसीः एक करोड ७५ लाख रुपैयाँ रहेको छ ।

यी मूल्य नाडाद्वारा सार्वजनिक सवारी मूल्य तालिकाबाट लिइएको हो ।

यी बाहेका अन्य ब्राण्ड तथा मोडलका गाडीहरुको पनि मूल्य सार्वजनिक गरिएका छन् ।