अर्थ, वाणिज्य

बैंकर्सहरू निकै खुशी

नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको मौद्रिक नीतिप्रति नेपाल बैंकर्स संघले सकारात्मक प्रतिक्रिया दिएको छ । बुधबार मौद्रिक नीतिपछि पत्रकारहसँगको कुराकानीका क्रममा संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले आफूहरुको माग अधिकांश समेटिएको भन्दै मौद्रिक नीतिको समर्थन गरेका हुन् ।  ठूला बैंकहरुको मर्जरलाई समेत प्राथमिकता दिएर सहुलियतको व्यवस्था गरिनुले मौद्रिक नीति अघि चलेका बहसका कुराहरुलाई यसले सम्बोधन गरेको भान हुने बताए । उनले मौद्रिक नीतिको मुख्य लक्ष्य नै व्याजदरको स्थायित्व, तरलता समस्याको समाधान… पुरा पढौ

दलित परिवारको सित्तैमा स्वास्थ्य बिमा

माछापुच्छ«े गाउँपालिका ३ घाचोकस्थित परियारटोलका १२ दलित घर परिवारको निशुल्क स्वास्थ्य बिमा गरिएको छ । लायन्स क्लब अफ पोखरा मिडटाउन र बाराही टाउनले उनीहरुको स्वास्थ्य बिमा गरिदिएको हो । गण्डकी प्रदेशसभा सदस्य रामजीप्रसाद बरालले स्थानीय सुरेश परियारलाई बिमा कार्ड हस्तान्तरण गरेर कार्यक्रम शुभारम्भ गरेका थिए । उक्त टोलमा २० परिवार भए पनि ८ परिवारको यसअघि नै गाउँपालिकाले निशुल्क बिमा गरेकोमा बाँकीको लायन्स क्लबले गरिदिएको क्लबका बिमा कार्यक्रम संयोजक यम जिसीले… पुरा पढौ

कामना सेवा विकास बैंक गाउँगाउँमा, पुरुन्चौरमा पनि शाखा

कामना सेवा विकास बैंकले आफ्नो सेवालाई गाउँगाउँ विस्तार गर्दै लगेको छ । राज्यको नीति तथा नेपाल राष्ट्रबैंकको निर्देशनसंगै कामनाले आफ्नो सेवा गाउँ गाउँ विस्तार गर्दै लगेको हो । बैंकले करिब १ सातामा ४ शाखा ग्रामिण क्षेत्रमा विस्तार गर्यो । केही दिन अघिमात्र पर्वत, म्याग्दी र पोखराको छिनेडाँडामा शाखा विस्तार गरेको बैंकले पोखराको पुरुन्चौर चितेपानीमा शाखा विस्तार गर्यो । बैंकको यो ९७ औं शाखा हो । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन… पुरा पढौ

घारीपाटन सहकारीमा गोकर्ण क्षेत्री

घारीपाटन बचत तथा ऋण सहकारी पोखरा १७ को प्ररम्भिक साधारणसभाले गोकर्ण क्षेत्रीको अध्यक्षतामा नयाँ सञ्चालक समिति चुनेको छ । समितिको उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सहसचिवमा क्रमश कृष्णकला केसी कुँवर, लीलाबहादुर जिसी, गोविन्दनाथ योगी र विष्णु जिसी छन् । ९ सदस्यीय सञ्चालक समिति सदस्यमा रेशम गिरी, कमला जलारी, देवबहादुर थापा र प्यारी गुरुङ छन् । यस्तै लेखा समिति संयोजकमा हरिप्रसाद श्रेष्ठ र सदस्यद्वयमा अशोक द्वारे र देवी तिम्सिना छन् । तोयानाथ… पुरा पढौ

पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

पूर्व-पश्चिम राजमार्गअन्तर्गत महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका क्षेत्रमा रहेको भप्सी पुल बनाईएको अस्थायी डाइभर्सन समेत बाढीले बगाएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । केही दिन अघि निरन्तर भएको बर्षापछि आएको बाढीले पुल बगाएपछि अस्थायी डाइभर्सनमार्फत यातायात सुरु गरिएको थियो तर आज बिहान आएको बाढीले अस्थायी डाइभर्सन पनि बगाएपछि यातायात अवरुद्ध भएको हो । अस्थायी डाइभर्सन पनि बगाएपछि यातायात अवरुद्ध हुँदा यात्रुहरु बाटैमा अलपत्र परेका छन् । राजमार्गमा सवारीको लाम लागेको छ… पुरा पढौ

वीरगञ्ज भन्सारको राजश्व असुलीमा कमी

मुलुकको कूल राजश्व असुलीमा ६० प्रतिशत योगदान दिंदै आएको वीरगञ्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०७४–७५ भन्दा आर्थिक वर्ष २०७५–७६ मा वार्षिक राजश्व असुलीमा १९ प्रतिशतले कमी आएको छ । राजश्व असुलीमा नेपाल अधिराज्यमा पहिलो स्थान हासिल गरेको वीरगञ्ज भन्सार कार्यालयलाई सङ्घीय सरकारले आर्थिक वर्ष २०७५–७६ मा रु एक खर्ब ७१ अर्ब ५८ लाख ४६ हजार राजश्व असुली गर्ने लक्ष्य दिएकामा सो कार्यालयले लक्ष्यको तुलनामा १९ प्रतिशत कम अर्थात् रु २४… पुरा पढौ

चन्द्रागिरि हिल्सलाई २० लाख जरिवाना

चन्द्रागिरि हिल्स लिमिटेडले वातावरणीय प्रभाव मूल्यांकन (इआइएं प्रतिवेदन उल्लंघन गरी रिसोर्ट बनाएकोमा २० लाख रुपैयाँ जरिवाना भएको छ। चन्द्र ढकालको चन्द्रागिरी हिल्स कम्पनी लिमिटेडलाई वातावरण विभागले कारबाहीको सिफारिस गरेकोमा वन तथा वातावरण मन्त्रालयले दोषी ठहर गर्दै जरिवाना गरेको हो। मन्त्रालयका प्रवक्ता सिन्धुप्रसाद ढुंगानाले चन्द्रागिरिलाई २० लाख रुपैयाँ जरिवाना गरिएको पुष्टि गरे। कम्पनीले पूरक इआइए प्रतिवेदन तयार नगरेसम्म ‘चन्द्रागिरि हिल्स रिसोर्ट’ सञ्चालन गर्न पनि नपाउनेसमेत ठहर भएको छ । वातावरण संरक्षण… पुरा पढौ

राज्यलाई बुझाउने कर कति हो ?

व्यवसाय, रोजगारी वा कुनै आयआर्जन गरेपछि राज्यका हरेक नागरिकले सरकारलाई कुनै न कुनै रूपमा कर बुझाउनैपर्छ। जानाजान वा अन्जानमा तपाईंले कर नबुझाए सरकारी कारबाही तथा जरिवानामा पर्न सक्नुहुन्छ। सरकारले पनि हरेक वर्ष व्यक्तिले गर्ने आयआर्जनमा लिने करको दायरा फरक गरिरहेको हुन्छ । व्यक्तिको आयआर्जन कर पनि राज्यले विभिन्न तवरबाट संकलन गर्दै आएको छ । सोहीअनुरुप सरकारले पनि आर्थिक वर्ष २०७६/०७७ का लागि आयकरको दर निर्धारण गरिसकेको छ । निर्धारण भएको… पुरा पढौ

पोष्टपेड मोबाइल र पिएसटीएनको शुल्क घट्यो

आजदेखि पोष्टपेड मोबाइल र पिएसटीएनको शुल्क घटेको छ । आर्थिक विधेयक, २०७६ को दफा १४९१० मा व्यवस्था भए बमोजिम टेलिफोन जडान गर्ने ग्राहकबाट स्वामित्व शुल्क वापत रु। ५ सय मात्र लिने व्यवस्था भएपछि टेलिकमले उपलब्ध गराउदै आएको स्थानीय टेलिफोन ९पीएसटीएन० तथा पोष्टपेड मोबाइल पहिले भन्दा घटेको छ । अब १ हजार ६ सय ३५ रुपैयाँमा स्थानीय टेलिफोन र ९ सय ४५ रुपैयाँमा पोष्टपेड मोबाइल लिन सकिनेछ। यसअघि स्थानीय टेलिफोनका लागि… पुरा पढौ

जनप्रतिनिधि र कर्मचारीलाई सम्पत्ति विवरण बुझाउन आग्रह

राष्ट्रिय सतर्कता केन्द्रले सार्वजनिक पदधारण गरेका व्यक्तिलाई सम्पत्ति विवरण बुझाउन आग्रह गरेको छ । केन्द्रका सूचना अधिकारी डालनाथ अर्यालले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० अनुसार सार्वजनिक पदधारण गरेको व्यक्तिलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन अनुरोध गरिएको बताए। उनका अनुसार सार्वजनिक पदधारण गरेका पदाधिकारी, निजामती, कर्मचारी, शिक्षक तथा सुरक्षाकर्मीले आर्थिक वर्ष शुरु भएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने हुन्छ । केन्द्रले जिल्ला समन्वय समिति, गाउँपालिका, नगरपालिकाले प्रदेश मुख्यमन्त्री तथा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं