पोष्टपेड मोबाइल र पिएसटीएनको शुल्क घट्यो

आजदेखि पोष्टपेड मोबाइल र पिएसटीएनको शुल्क घटेको छ । आर्थिक विधेयक, २०७६ को दफा १४९१० मा व्यवस्था भए बमोजिम टेलिफोन जडान गर्ने ग्राहकबाट स्वामित्व शुल्क वापत रु। ५ सय मात्र लिने व्यवस्था भएपछि टेलिकमले उपलब्ध गराउदै आएको स्थानीय टेलिफोन ९पीएसटीएन० तथा पोष्टपेड मोबाइल पहिले भन्दा घटेको छ ।

अब १ हजार ६ सय ३५ रुपैयाँमा स्थानीय टेलिफोन र ९ सय ४५ रुपैयाँमा पोष्टपेड मोबाइल लिन सकिनेछ। यसअघि स्थानीय टेलिफोनका लागि २ हजार २ सय र पोष्टपेड मोबाइलका लागि १ हजार ५ सय १० रुपैयाँ बुझाउनु पर्दथ्यो।

विधेयकको कार्यान्वयनसँगै स्थानीय टेलिफोनको नामसारी गर्दा लाग्ने शुल्कमा समेत ५ सय ६५ रुपैयाँ कम भएको छ। यसअघि टेलिफोन नामसारी गर्दा १२ सय ४३ रुपैयाँ शुल्क बुझाउनु पर्दथ्यो भने आजैदेखि जम्मा ६ सय ७८ रुपैयाँ मात्र भुक्तानी गर्नु पर्दछ।