पूर्व-पश्चिम राजमार्गअन्तर्गत महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका क्षेत्रमा रहेको भप्सी पुल बनाईएको अस्थायी डाइभर्सन समेत बाढीले बगाएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । केही दिन अघि निरन्तर भएको बर्षापछि आएको बाढीले पुल बगाएपछि अस्थायी डाइभर्सनमार्फत यातायात सुरु गरिएको थियो तर आज बिहान आएको बाढीले अस्थायी डाइभर्सन पनि बगाएपछि यातायात अवरुद्ध भएको हो ।
अस्थायी डाइभर्सन पनि बगाएपछि यातायात अवरुद्ध हुँदा यात्रुहरु बाटैमा अलपत्र परेका छन् । राजमार्गमा सवारीको लाम लागेको छ । प्रहरीका अुनसार पानीको बहाव घटेपछि मात्र सवारी संचालन हुनेछ ।
model pix




