संगम सहकारीका सदस्यलाई तालिम

पोखरा–१५ स्थित संगम बचत तथा ऋण सहकारी संस्थाले आफ्ना संचालक समिति, लेखासमितिसहित अन्य उपसमितिका पदाधिकारी र व्यवस्थापकहरुलाई क्षमता अभिवृद्धि तालिम दिएको छ ।

नेफ्स्कुनको प्राविधिक सहयोगमा पाँच दिनसम्म संचालित तालिम समापनमा गण्डकी प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका उपसचिव बद्रीनाथ अधिकारीले सहकारीको सुशासनमा यस्ता तालिमबाट प्राप्त सिकाईले सहयोग मिल्ने बताए ।

सहकारीलाई सही बाटो देखाउन छाता संगठनको महत्वपूर्ण भूमिका हुने भएकोले अन्य सहकारीहरुमा पनि यस्ता तालिमहरु संचालन गर्न नेफ्स्कुनलाई उनले आग्रह गरे ।

सहकारीका अध्यक्ष निरज थापाले पाँच दिनको सिकाईबाट प्राप्त १९ बुँदे प्रतिवद्धता सहितको कोसेलीलाई कार्यक्षेत्रमा पुर्याई तोकिएको समयमा नै कार्यान्वयन गर्ने बताए ।

प्रमुख प्रशिक्षक नेफ्स्कुनका प्राचार्य गणेश तिमिल्सिनाले तालिममा देखिएको उर्जालाई सर्धै कायम राख्न सबै सहभागीलाई अनुरोध गरे । ‘आगामी दिनमा संस्थालाई कसरी र कहाँ पु¥याउनु हुन्छ, त्यसमा नै तालिको उपलब्धी गाँसिएको हुन्छ’ उनले भने ।

संस्थाका कानुनी सल्लाहकार उच्च अदालत पोखराका निवर्तमान अध्यक्ष दयाराम गौतमले सहकारीलाई मर्जरमा लानुपर्ने बेलामा नयाँ खोल्दै जानुले सरकारको नीति समय सापेक्ष नभएको बताए ।

उक्त अवसरमा भरत बहादुर थापा, कृष्ण प्रसाद ढकाल, सुन्दर कुमार गुरुङ र लक्ष्मी न्यौपानेलाई उत्कृष्ट प्रशिक्षार्थीको रुपमा सम्मान गरिएको उक्त कार्यक्रममा धनराज पुरी, बल्लभ तिमिल्सेना, भविन्द्र गिरी, राजेन्द्र पौडेल, लक्ष्मी न्यौपाने लगायतले बोलेका थिए ।

स्यानीपाटनमा संगम

स्यानीपाटन आमा समूह पोखरा १५ र संगम बचत तथा ऋण सहकारी संस्था लि.को संयुक्त आयोजनामा महिलाहरुको लागि हस्तकला तालिम शुरु भएको छ ।

पोते, कृष्टल र मोतीद्वारा चुरापोते बनाउने उक्त तालिमको शुभारम्भ गर्दै संगम सहकारीका संस्थापक अध्यक्ष एवं स्यानीपाटन टोल विकास संस्थाका पूर्व अध्यक्ष हरिकृष्ण कुँवरले दुवै आयोजक संस्थालाई धन्यवाद दिंदै सिकेका कुरालाई उपयोग गरी उद्यमी बन्न आग्रह गरे ।

smart

स्यानीपाटन टोल विकास संस्थाका अध्यक्ष दिपक कार्कीले चुरापोते महिलाका मुख्य गहनामा पर्ने भएकाले यो तालिमले बढी महत्व राख्ने बताए ।

संगम सहकारीका महिला उपसमिति सदस्य एवं तालिमका प्रशिक्षक कल्पना देवी आचार्यले जुनसुकै तालिम आए पनि सिक्न पछि नपर्ने तर सिकेका कुनै पनि कुराहरुलाई उपयोग गरी व्यवहारमा उतार्न अघि नसर्नेहरु धेरै भएकाले समुदायको विकास सही ढंगले अघि नबढेको बताइन् । उनले आफ्नो रुचि र क्षमता अनुसारको थोरै तालिम लिनुस् र सिकेको सीपलाई उपयोग गरी उद्यमी आग्रह गरे ।

संगम सहकारीका शिक्षा तालिम संयोजक तिलक थापाले हरेक काम गर्दा मन, वचन र व्यवहारमा एकरुपता हुन सके काम सफल र आफू असल भइने बताए ।

कमला भण्डारीको अध्यक्षता र सुस्मिता कार्कीको संचालनमा भएको उक्त कार्यक्रममा गोविन्द बहादुर थापा, विर बहादुर भण्डारी, श्याम भण्डारी, दिलमाया केसी थापा, माया पौडेल, गीता सुनाले पनि बोलेका थिए ।