ताजा समाचार

श्रावण १९ गते २०७६

बैंक ऋणको ब्याज घट्ने संकेत !

वाणिज्य बैङ्कहरुले धमाधम नाफा गरेको वित्तीय विवरण प्रकाशित गरिरहेका छन् ।

आर्थिक वर्ष सकिएको १९औँ दिनसम्म २८ वटा वाणिज्य बैङ्कमा ९ वटा वाणिज्य बैङ्कहरुले वित्तीय विवरण प्रकाशित गरेका छन् ।

बैङ्क तथा वित्तीय संस्थाहरुले आर्थिक वर्ष २०७५÷०७६ को वित्तीय विवरण प्रकाशित गरेका हुन् । 

वित्तीय विवरण प्रकाशित गरेको ९ वटामा नेपाल बैङ्कबाहेक सबैको नाफा बढेको छ । सरकारी लगानीसमेत रहेको नेपाल बैङ्कका अधिकांश सूचकमा प्रगति हुन सकेको छैन ।

नेपाल बैङ्कको नाफा घट्नुका साथै प्रतिसेयर आम्दानी पनि घटेको छ । यस आधारमा नेपाल बैङ्कको प्रतिवेदन लगानीकर्तालाई खुसी बनाउन सक्ने देखिँदैन ।

यद्यपि, एभरेस्ट बैङ्क, नेपाल एसबीआई बैङ्क, सिटिजन, माछापुच्छ्रे, सानिमा, ग्लोबल आईएमई, प्रभु बैङ्कले भने नाफा कमाएको प्रतिवेदन पेश गरेका छन् ।

अधिकांश बैङ्कको आधारदर एकल अङ्कमा छ । यसले गर्दा ऋणको ब्याजदर केही हुने सङ्केत देखिएको छ ।