एसके थकाली
जोमसोम–मुलुक ( कोभिड–१९ ) रोकथाम तथा नियन्त्रण गर्न लक डाउन छ । मुस्ताङका पशुपालक किसानलाई लक डाउनले समस्या परेको छन् । किसानले उत्पादन गरेको दुध जोमसोममा बिकेको छैन ।
मुस्ताङको घरपझोङ–३ स्याङ गाउका किसान लकडाउनको घाटा सहदै छन् । जिल्लाकै नमूना कृषि गाउ स्याङमा अधिकाशले खेतीपाती र पशुपालन गरेका छन् । स्याङमा करिव ३० घरधुरीको ९० वटा बढी जर्सी गाई छ। ठिनी गाउमा पनि केही किसानले गाई पालेका छन् ।
स्याङका पशुपालक किसान निमा फेञ्चोक गुरुङले विगत ८ वर्षदेखि गाई पाल्न सुरु गरेका हुन् । उनीसंग १३ वटा गाई छ । दैनिक १ सय ५० लिटर दुध उनले उत्पादन गरी बिक्री गर्ने गरेकोमा लकडाउन समयमा २५ लि. दुध बिक्री गर्न गाहे परेको छ उनलाई । जोमसोममा दुध बिक्री गर्न उनले व्यवसाय सुरु गरेका थिए । अहिले दुध बिक्न छाडेपछि उनी चिन्तित छन् । जोमसोमका करिव सय भन्दा बेशी होटल तथा रेष्टुरेन्ट बन्द भएकाले उनको दुध बिक्न छाडेको पशुपालक किसान निमा फेञ्चोकले जानकारी दिए । दुध बिक्री गर्न उनीसंग एक मोटर साईकल छ । त्यही मोटर साईकलको पछाडी राखेर उनले दैनिक दुध बेच्न जोमसोम बजार पुग्छन् । लक डाउनले उनको यतिखेर दुध जस्ताको त्यस्तै घर फर्किने गरेको सुनाए । लक डाउनले अरु किसान पनि आफै पीडित बनेको उल्लेख गरे ।
यसअघि उनले उत्पादन गरेको दुध बजार नपुग्दै सकिन्थ्यो तर अहिले खपत हुनै मुश्किल छ । खेर जाने दुधलाई दही,घ्यु र छुर्पी बनाउने गरेको बताए । ¬‘ दुध बिक्री गर्दा फाईदा हुन्थ्यो,’ उनले भने दही ,घ्यु र छर्पीले लगानी उठ्दैन ।’ दुःख गरेको दुध फाल्न भन्दा राहत हुन्छकी भनेर सदुपयोग गर्ने गरेको उल्लेख गरे ।
स्याङमा गाई पाल्नेको संख्या बढेको छ । दुध बिक्री गर्नेको संख्या बढेपछि बजार प्रतिस्पर्धा हुने गरेको उनले सुनाए । पछिल्लो समय गाईका लागि घास र दानाको मुल्य बर्सेनि बृद्धि भईरहेको तर मुल्य बृद्धि हुन नसकेको उनको भनाई छ। जोमसोममा दुधको मुल्य प्रति लि. एक सय छ । जुन ३ वर्ष अघिको मुल्य हो ।
सुरुआतिका वर्षहरुमा पशुपालनबाट मनग्गे फाईदा हुने गरेको तर विगत ३ वर्ष यता मेहनत खर्च उठ्न धौधौ परेको गुरुङले बताए ।
संघीयता अघि जिल्लामा पशु कार्यालय भएकाले पशु उपचारमा सहज हुने गरेपनि पछिल्लो समय पशु उपचार गर्न समस्या भएको उनले बताए। पशु तथा भेटनरी ईकाईमा सम्पर्क गरे पशु चिकित्सक उपलब्ध हुन नसक्ने उनले खुलाए । पशुको उपचार गर्दा आफैले औषधि उपचार गर्ने गरेको जानकारी दिए । पालिकाले आफुलाई २ थान गाई किन्न एक लाख २५ हजार दिएको बताए ।
फोटो क्याप्सन
लक डाउनमा मोटर साईकलमा दुध बिक्री गर्दै निमा । तस्विर ःएसके थकाली।




