मंगलबार अहिलेसम्मकै उच्च मूल्य तोलाको ८२ हजार ७ सय रुपैयाँ पुगेर सामान्य ओरालो लागेको सुनको मूल्य साताको अन्तिम दिन आज तोलामा ३ हजार रुपैयाँ घटेको छ।
हिजो प्रतीतोलाको ८१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ७८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
तेजावी सुनको मूल्य आज ७८ हजार २०० कायम गरिएको छ ।
आज चाँदी पनि तोलामा ४० रुपैयाँले घटेर ८ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।




