सोमबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।
आइतबार तोलामा ७७ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार ५०० ले बढेर तोलामा ७७ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुन तोलामा ७७ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।
सोमबार चाँदीको मूल्य भने स्थिर रहि प्रतितोला ७९० रुपैंयामा कारोबार भइरहेको महासंघका जनाएको छ ।




