ह्वातै घट्यो सुनको भाउ

नेपाली बजारमा मंगलबार एकैदिन सुन तोलामा २ हजार रुपैयाँले घटेको छ ।

हिजो तोलाको ७७ हजार ५ सय रुपैयाँ रहेको छापावाल सुन आज ७५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै तेजावी सुन तोलामा ७५ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।

आज चँदी पनि तोलामा ८० रुपैयाँले घटेर ७ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।