केही दिन अघि देखि सुनको भाउ निरन्तर ओरालो लाग्दै गएको छ।
साताको अन्तिम दिन शुक्रबार ७८ हजार ५ सयमा कारोबार भएको सुनको मुल्यमा आज १५ सयले घटेर ७७ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज तेजाबी सुन प्रतितोला ७६ हजार ७ सयमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि प्रतितोलामा ३० रुपैयाँले घटेर ७ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।




