नेपाली बजारमा सुनको मुल्य घटबढ हुने क्रम जारी रहेको छ ।
यही सातामा पनि आइतबार सुनको मूल्य १५ सयले घटेको थियो त्यसपछि सोमबार फेरी तोलाको ५ सयले बढेको थियो । यस्तै, साताको तेस्रो दिन मंगलबार २ हजार रुपैयाले घटेको सुन आज फेरी १ हजारले बढेको छ ।
मंगलबार ७५ हजार ५ सयमा कारोबार भएको छापावाला सुन आज तोलामा ७६ हजार ५०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य आज रु ७६ हजार २०० कायम गरिएको छ ।
यस्तै, बुधबार चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोला ७१० रुपैयाँमा मै कारोबार भइरहेको महासंघले जनाएको छ ।




