एकैदिन १५ सयले घट्यो सुन

सुनको मूल्य आज प्रतितोला १५ सयले घटेको छ ।

बुधबार प्रतितोला ७६ हजार ५ सयमा कारोबार भएको सुन बिहीबार प्रतितोला ७५ हजारमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यस्तै, तेजाबी सुन प्रतितोला ७४ हजार ७ सयमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि आज ३० रुपैयाँले घट्दै प्रतितोला ६८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यस हप्ता सुनको मूल्य घटबढ हुने क्रम निरन्तर रहेको छ ।