चेम्बर अफ कमर्स विरौटा इकाइमा नगेन्द्र

पोखरा चेम्बर अफ कमर्सले पोखराका विभिन्न वडामा संस्थाका इकाइ विस्तार गरिरहेको छ । हालै भएको पोखरा वडा नं. १७, २१, २२ र ३३ को भेलाले नगेन्द्र शर्मा भण्डारीको अध्यक्षतामा सर्वसम्मत १७ सदस्यीय कमिटी गठन गरेको हो ।

समितिमा उपाध्यक्ष राजु सुनार, महासचिव गोकर्ण क्षेत्री, कोषध्यक्ष शम्भुनाथ योगी, सहकोषाध्यक्ष शोभा बालकोटी र सदस्यमा दुर्गादत्त भण्डारी, रामचन्द्र सुवेदी, राजेश, रमेश पोख्रेल र हेमराज सुवेदी छन् । इकाइ सल्लाहकारमा गणेश श्रेष्ठ, रुद्रलाल सुवेदी, प्रेमकुमार सुनार, प्रेमनारायण न्यौपाने र राजु पौडेल छन् ।

कार्यक्रममा पोखरा चेम्बर अफ कमर्स कास्की अध्यक्ष किसान सुनार, कोषाध्यक्ष कमल बस्नेत, वाणिज्यतर्फका उपाध्यक्ष प्रेमबहादुर भुजेल र उद्योग उपाध्यक्ष गीता तिवारी गौतमले बोलेका थिए ।