माघ १९ गते २०७६

ताजा समाचार

अर्थ, वाणिज्य

गण्डकी अटोमेकानिकलको वार्षिकोत्सवमा सम्मान

गण्डकी अटोमेकानिकल वक्र्स एसोसिएसनको २० औं वार्षिक साधारणसभा भएको छ । मेकानिक्सको छाता संगठनका रुपमा क्रियाशील संस्थाले विभिन्न विधाका ज्येष्ठ व्यवसायी कृष्णप्रसाद पौडेल, सिकन्दर शाह, अडिमान लिम्बु र पार्वती बराललाई सम्मान गरेको छ । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले मेकानिक्स व्यवसायीलाई प्रविधिमैत्री बनाउन र दक्ष जनशक्ति उत्पादनका लागि आगामी वर्षदेखि अटो इन्जिनियर डिप्लोमा सुरु गर्न लागिएको बताए । अटो व्यवसायलाई व्यवस्थित बनाउन जग्गाको खोजी गरी अटोल्यान्ड निर्माण गर्ने प्रतिवद्धता जनाए… पुरा पढौ

सुनको मुल्यमा वृद्धि, हाल सम्मकै नयाँ रेकर्ड

साताको पहिलो दिन आज आइतबार सुनको भाउ हालसम्मकै सबैभन्दा उच्च बिन्दु ७६ हजार ५ सय पुगेको छ । यसअघि गएको पुस २३ गते पनि आजकै झैं अहिलेसम्मकै महँगो तोलाको ७६ हजार ५ सय नै पुगेको थियो । शुक्रबार प्रतितोला ७६ हजारमा कारोवार भएको छापावाल सुन आज ५ सयले बढेर प्रतितोला ७६ हजार ५ सयमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । प्रतितोला ७५ हजार ७ सय रुपैयाँमा कारोबार… पुरा पढौ

आजको विदेशी मुद्राको विनिमयदर कति ?

नेपाल राष्ट्र बैंकले आइतबार (माघ १९) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ८५ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४५ पैसा रहेको छ ।  यस्तै, युरो एकको खरिददर १२५ रुपैयाँ ५७ पैसा र बिक्रीदर १२६ रुपैयाँ २३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४९ रुपैयाँ ३२ पैसा र बिक्रीदर १५० रुपैयाँ ११ पैसा रहेको छ । यसैगरी, मलेसियन रिंगिट एकको खरिददर… पुरा पढौ

ब्रोइलर कुखुराको मूल्य अहिलेसम्मकै उच्च, कति पुग्यो ?

ब्रोइलर कुखुराको मूल्यले अहिलेसम्मकै रेकर्ड तोडेको छ । शनिबारदेखि लागू हुने गरी जिउँदो ब्रोइलरको मूल्य दुई सय ७० रुपैयाँ लागू भएपछि यो रेकर्ड तोडिएको हो । खरिद मूल्य बढेसँगै तयारी मासुको मूल्य पनि चार सय प्रतिकिलो पुगेको छ । यसअघि २०७४ वैशाखमा करिब एक महिना दुई सय ६० रुपैयाँ मूल्य कायम थियो । बजारको मागअनुसार कुखुरा नपाएपछि कोल्ड स्टोरले दिउँसै पसल बन्द गर्न थालेका छन् । ‘किसानसँग सस्तोमा किनेर कोल्ड… पुरा पढौ

७६ हजारको चेक किर्ते गरी २० लाख निकाल्ने पक्राउ

चेक किर्ते गरी बैंकबाट २० लाख रुपैयाँ निकालेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । भोजपुरको षडानन्द गाउँपालिका-११ घरएका काठमाडौंस्थित ताहाचाल सामुदायिक आवास व्यवस्थापन समाजका कार्यलय सचिव सन्तोष घिमिरेलाई हस्ताक्षर भइसकेको चेकमा अंक र अक्षर थप गरेर बैंकबाट रकम निकालेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । सिदार्थ बैंक कुलेश्वर शाखाबाट पुस ९ गते जारी भएको चेक नं। ००२१४२२५५३१८०१ मा ६७ हजार ९ सय १६ रुपैयाँलाई अंक र अक्षर दुवैमा… पुरा पढौ

सुनको मूल्यमा गिरावट

बुधबार सुनको मूल्य ४ सय रुपैयाँले घटेको छ । मंगलबार ७६ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला ७५ हजार ६ सय रुपैंयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । आज तेजाबी सुन प्रतितोला ७५ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला ८७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । पुरा पढौ

कैलाश विकास बैंकद्धारा नेपाल रेडक्रस कास्की शाखालाई सहयोग

कैलाश विकास बैंकले सोमवार नेपाल रेडक्रस सोसाइटी कास्की शाखालाई विपद व्यवस्थापनका राहत सामाग्री त्रिपालहरु प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त त्रिपालहरु सहयोग गरेको हो । यसवाट आकस्मिक रुपमा विपदमा परेका समुदायलाई केहि मात्रामा भएपनि राहत हुने प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले बताए । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका पदाधिकारीहरु तथा कैलाश विकास बैंकका कर्मचारीहरुको उपस्थिती रहेको थियो । १०२ शाखा र ४० वटा एटिएम… पुरा पढौ

आजको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले मंगलबार (माघ १४) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ०० पैसा र बिक्रीदर ११४ रुपैयाँ ६० पैसा रहेको छ । युरो एकको खरिददर १२५ रुपैयाँ ६६ पैसा र बिक्रीदर १२६ रुपैयाँ ३२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४९ रुपैयाँ १८ पैसा र बिक्रीदर १४९ रुपैयाँ ९७ पैसा रहेको छ ।मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ०४… पुरा पढौ

एनसेलका टावर निशानामा

नेपालकै ठूलो मोवाइल सेवा प्रदायक एनसेलका टावर दिनदिनै आगजनी भएका छन् । आइतबार रातिमात्रै ६ ठाउँमा एनसेलका टावरमा आगजनी भएको छ । अज्ञात समूहले आगजनी गरेको भनिए पनि आगजनीमा विप्लव नेतृत्वको नेकपाको संलग्नता रहेको प्रहरीले दाबी गर्ने गरेको छ । आइतबार खैरहनी नगरपालिकामा रहेको एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेको छ । खैरहनी नगरपालिका २ मा केशवराज दवाडीको जग्गामा राखिएको एनसेलको टावरमा आगजनी भएको प्रहरीले जनाएको छ । आगलागीबाट जेनेरेटर… पुरा पढौ

महँगियो सुन

सोमबार सुनको भाउ ५ सय रुपैयाँले बढेको छ । आइतबार ७५ हजार ५ सयमा कारोबार सुन सोमबार ५सय रुपैँयाले बढेर ७६ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । त्यस्तै , आज तेजावी सुन तोलाको ५७ हजार ७ सय रुपैंयामा कारोवार भइरहेको छ । चाँदीको भाउँ पनि तोलामा ५ रुपैयाँले बढेर तोलाको ९ सय पुगेको महासंघले जनाएको छ । पुरा पढौ