फागुन ४ गते २०७६

ताजा समाचार

अर्थ, वाणिज्य

नाट्टा अध्यक्षमा सञ्जयकान्त

नाट्टा पश्चिमाञ्चलमा सञ्जयकान्त सिग्देलको प्यानलको वर्चश्व भएको छ । अध्यक्षमा सिग्देलसहित प्राय पदाधिकारी र सदस्यमा उनको प्यानल विजयी भएको हो । शनिबार पोखरामा भएको २५ औं साधारणसभा तथा ११ औं अधिवेशनमा सिग्देलले झवी अधिकारीलाई २० मतले पछाडि पारे । सिग्देलले ९० मत प्राप्त गर्दा अधिकारीको पक्षमा ७० मत खसेको छ । सिग्देलले सम्पूर्ण व्यवसायीलाई समेटेर अगाडि बढ्ने प्रतिक्रिया दिए । प्रथम उपाध्यक्षमा हरिराम अधिकारी बिजयी भएका छन् । उनले १… पुरा पढौ

सुनको मुल्य स्थिर

साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला रु ७६ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि विहिबार पनि छापावाला सुन प्रतितोला रु ७६ हजारमा नै कारोबार भएको थियो । आज तेजावी सुनको मूल्य आज रु ७५ हजार ७०० कायम गरिएको छ । यस्तै, शुक्रबार चाँदीको मूल्य पनि स्थिर रहि प्रतितोला ८८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ… पुरा पढौ

चोरेको १ करोड बराबरको सुनसहित ३ भारतीय पक्राउ

प्रहरीले ललितपुर पुल्चोक क्षेत्रको एक सुन पसलबाट लुटेको एक करोड बराबरको सुनसहित तीन भारतीय नागरीकलाई पक्राउ गरेको छ । २१ गते राति सुन पसल फोडेर त्यहाँ रहेको सेफ लिएर फरार भएका ३ भारतीयहरुलाई महानगरीय प्रहरी प्रभाग पुल्चोक र अपराध महाशाखा ललितपुरको टोलीले थानकोटबाट पक्राउ गरेको हो । पक्राउ परेका भारतीयहरुले चोरी गरेको सेफ फोडेर सुन चाँदी झिकी सेफ भने वाग्मतीमा फालेको बयान दिएका छन् । प्रहरीले पक्राउ तीन जना भारतीय… पुरा पढौ

सुन जस्तै आकासियो लसुन

नेपाली बजारमा लसुनको भाउ आकासएिको छ । २० दिनअघि प्रतिकिलो १ सय ३० रुपैयाँमा बिक्री हुदै आएको लसुनको मूल्य अहिले सरदर ६ सय ५० रुपैयाँ पुगेको छ । नेपालमा हरेक वर्ष ठूलो परिणाममा लसुन चीन, भारत र अन्य देशबाट आयात हुन्छ । कोरोना भाइरसका कारण चीनबाट लसुन नआउँदा मूल्य आकासिएको हो। पुरा पढौ

गण्डक सहकारीमा ध्रुव

गण्डक बचत तथा ऋण सहकारी संस्थाको प्रारम्भिक साधारण सभाले अध्यक्षमा धु्रव पनेरूलाई निर्वाचित गरेको छ । सञ्चालक समिति उपाध्यक्ष दीपेन्द्र ढकाल, सचिव दीपेन्द्र शर्मा, सहसचिव डिल्लीराम पनेरू र कोषाध्यक्ष ईन्द्रप्रसाद भुवाई छन् । सदस्यमा शिवप्रसाद पौडेल, रामप्रसाद पौडेल, अग्नि पनेरू, बाबुराम उपाध्याय, सिर्जना सापकोटा र शान्ता खाण छन् । लेखा समिति संयोजकमा सोवितबहादुर क्षेत्री र सदस्य दिपेस सापकोटा र भीमप्रसाद पौडेल चुनिए । ऋण अनुगमन उपसमिति संयोजक पुरूषोतम पौडेल र… पुरा पढौ

सुनको मूल्यमा वृद्धि

साताको पहिलो दिन आइतबार सुनको मूल्य ४०० रुपैंयाले बढेको छ । शुक्रबार प्रतितोला रु ७५ हजार ६०० मा कारोबार भएको छापावाला सुन आज प्रतितोला रु ७६ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका महासंघले जनाएको छ । तेजावी सुनको मूल्य आज रु ७५ हजार ७०० कायम गरिएको छ । यस्तै, आज चाँदीको मूल्य ५ ले घटेर प्रतितोला ८८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । पुरा पढौ

सुनको मूल्यमा गिरावट

बुधबार सुनको मूल्य तोलामा ८०० घटेको घटेको छ । मंगलबार ७६ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार प्रतितोला ७५ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन तोलामा ७४ हजार ९०० रुपैयाँ प्रतितोलामा कारोबार भएको छ । यता चाँदीको मूल्य पनि घटेको छ । मंगलबार ८८० रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको चाँदी बुधबार ८७५ रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको महासंघले जनाएको छ… पुरा पढौ

लसुनको भाउ सुन्दै डरलाग्दो, कति पुग्यो ?

यतिबेला बजारहरूमा लसुनको मूल्य ह्वात्तै बढेको छ । कृषि उपज बजार सञ्चालक समिति पोखराले दिएकोे जानकारीअनुसार चीनमा कोरोना भाइरसको संक्रमणसँगै नेपालमा लसुनको मूल्य वृद्धि भएको हो । समितिका अनुसार सोमबार कृषि उपज बजारमा सुकेको लसुनको खुद्रा अधिकतम मूल्य प्रतिकिलो ५ सय ६० र अभिकतम थोक मूल्य प्रतिकिलो ५ सय रुपैयाँमा कारोबार भएको थियो । तर, मंगलबार लसुनको मूल्य बढेर अधिकतम खुद्रा मूल्य प्रतिकिलो ६ सय १० र अधिकतम थोक मूल्य… पुरा पढौ

पोखरा महानगरले थाल्यो सहकारी अनुगमन

पोखरा महानगरपालिकाले सहकारीको अनुगमन सुरु गरेको छ । सहकारी ऐन तथा नियमावलीको प्रावधान अनुसार महानगर कार्य क्षेत्र भएका सहकारीको अनुगमन महानगरपालिकाले सुरु गरेको हो । वित्त सुशासन, संस्थागत सुशासन कायम गराई सहकारीको दिगो सञ्चालन, स्तरीकरण, एक रुपता, वर्गाीकरणमा सहयोग गर्ने नीति, विधि र प्रविधिमा सहयोग गर्न सहकारीको अनुगमन थालिएको पोखरा महानगरपालिकाको सहकारी समिति अध्यक्ष तेजनारायण अधिकारीले जानकारी दिए । उनले अनुगमनले सहकारीको वास्तविक अवस्थाको पहिचान, तथ्यांक संकलन, सहकारी ऐन, नियमावली… पुरा पढौ

पेट्रोलको मूल्य घट्यो, ग्यासको बढ्यो

नेपाल आयल निगमले एलपी ग्यासको मूल्य वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा एलपी ग्यासको मूल्य बढेको भन्दै निगमले आज राति १२ बजेदेखि लागू हुने गरी ग्यासमा प्रतिसिलिन्डर रु २५ ले वृद्धि गरेको हो । यससँगै ग्यासको मूल्य प्रतिसिलिन्डर रु १ हजार ३७५ पुगेको छ । यसैगरी निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको मूल्यमा प्रतिलिटर रु १ घटाएको छ । समायोजनसँगै पेट्रोलको मूल्य प्रतिलिटर रु १०९ तथा डिजेल र मट्टितेलको मूल्य प्रतितलिटर… पुरा पढौ