गण्डक बचत तथा ऋण सहकारी सस्था लिमिटेड पोखरा १७ बिरौटाको आर्थिक वर्ष २०८१÷०८२ सम्मको सेयर पंँजी २ करोड ८५ लाख ९३ हजार कायम भएको छ । सहकारीको आर्थिक वर्ष २०८०÷०८१ सम्मको सेयर पुँजी ३ करोड ४९ लाख ९२ रहेको सहकारीका अध्यक्ष दीपेन्द्रराज ढकालले जानकारी दिए ।
सहकारीको छैटौं वार्षिक साधारण सभाको उद्घाटन समारोहमा अध्यक्ष ढकालले सहकारीको चालु आर्थिक वर्षको कुल निक्षेप २ करोड ६२ लाख ४० हजार ८ सय ४८ पुगेको बताए । सहकारीको गत आर्थिक वर्षको कुल निक्षेप २ करोड ३८ लाख ५१ हजार ४ सय १० थियो । सहकारीले आर्थिक वर्ष २०८१÷०८२ मा ५ करोड ५८ लाख २७ हजार २१ रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सहकारीले आर्थिक वर्ष २०८०÷०८१मा ४ करोड २६ लाख ४४ हजार ८ सय २५ रुपैयाँ कर्जा प्रवाह गरेको अध्यक्ष ढकालले जनाए । सभामा अध्यक्ष ढकालले नीति विधि र कार्यविधि अनुसार सहकारीले वित्तिय अनुशासन कायम गरी गतिविधि अगाडि बढाएको बताए । सहकारीले सेयर सदस्यको बचतको सुरक्षा गरेको जानकारी दिँदै उनले सहकारीले ३० प्रतिशत उत्पादन क्षेत्रमा लगानी गर्नुपर्ने उल्लेख गरे । उनले सहकारीले कृषि क्षेत्रको लगानीलाई विशेष प्राथमिकता दिएको जनाए ।
वार्षिक साधारण सभाबाट सहकारीको सञ्चालक समितिको अध्यक्ष दीपेन्द्रराज शर्मा, उपाध्यक्ष पुरुषोत्तम पौडेल, सचिव हरिशंकर भण्डारी, कोषाध्यक्ष मातृका सुवेदी चयन भएका छन् । सञ्चालक समिति सदस्यमा महेन्द्रकुमार देवकोटा, विना थापा, प्रकाश अधिकारी, सोनम केसी र कृष्णप्रसाद पनेरु चयन भएको अध्यक्ष शर्माले जानकारी दिए । सभाले लेखा सुपरीवेक्षण समितिका संयोजकमा दिपेश सापकोटा, सदस्यमा दिपेश सापकोटा र मधु पौडेललाई चयन गरेको छ ।
सभामा अध्यक्ष ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष पुरुषोत्तम पौडेलले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र लेखा सुपरिपेक्षण समितिका सदस्य लेखनाथ अधिकारीले पेश गरेको लेखा समितिको प्रतिवेदन सभाले सुधारसहित पारित गरेको छ ।
कार्यक्रममा उत्कृष्ट कर्जा कारोबारतर्फ कृष्णप्रसाद पनेरु, तारापति सापकोटा, सीता सुवेदी कोइराला, उत्कृष्ट बचत कारोबारतर्फ सोनम केसी, विना थापा, प्रमिला ओझा सुवेदी, ज्येष्ठ सेयर सदस्य हिरामान श्रेष्ठ, धनमाया उपाध्याय सहकारीका प्रबन्धक विकास सुवेदी, कर्मचारी सीता बराल सुवेदीलाई सम्मान गरिएको छ । उत्कृष्ट विद्यार्थीहरु सुवोध चापागाई, इच्छा सुवेदी, प्रतीक अधिकारी, जेनिशा पौडेललाई सम्मान गरिएको अध्यक्ष शर्माले बताए ।
कार्यक्रममा सहकारीको संस्थापक अध्यक्ष ध्रुवराज पनेरु, सहकारीका सचिव डिल्लीराम पनेरु, शिक्षा समितिका संयोजक प्रकाश अधिकारी लगायतले सहकारीका बारेमा बोलेका थिए ।




