नेपाल अडिटर्स एसोसियसन ( अडान ) गण्डकी प्रदेश र अडान कस्कीले १७ औं स्थापना दिवसको अवसरमा पोखरा १४ बाच्छेबुडुवाको बात्स्यायन वृद्धा आश्रममा शुक्रबार आर्थिक सहयोग, वृक्षरोपण, खाद्यान्न तथा लत्ताकपडा वितरण गरेको छ । लेखा परिक्षकहरुको छाता संगठन नेपाल अडिटर्स एसोसियसनले अडान डेको अवसरमा टिका रिसोर्ट लेकसाइडमा आर्थिक ऐन २०७९ आयकरमा पारेको प्रभाव सम्बन्धमा पोखरामा कार्यक्रमको आयोजना गरेर अन्तक्र्रिया भएको हो । कार्यक्रममा आयकरले पारेको असर, समाधानका उपायहरुको बारेमा अन्तक्र्रिया गरिएको कास्कीमा सचिव गुणनिधि पाण्डेले बताए ।
आयकरको बारेमा गरिएको अन्तक्र्रियामा सहजिकरण तथा आयकर ऐनको प्रशिक्षण गण्डकी प्रदेशका अध्यक्ष पदमबन्धु पोखरेलले गरेको सचिव पाण्डेले बताए । सचिव पाण्डेका अनुसार कार्यक्रममो प्रमुख अतिथि एसोसियसनका केन्द्रय उपाध्यक्ष बिलबहादुर भुजेल गरेका हुन् । सभाका अध्यक्ष तथा कास्की अध्यक्ष कमलबहादुर रेग्मीले अडानका गतिविधिहरुको बारेमा जानकारी गराएका थिए । उक्त कार्यक्रममा आइक्यान पार्सद तथा कोन्द्रिय सल्लाहकार केशबहादुर केसी, केन्द्रीय सचिव सिवराज बराल, केन्द्रीय सल्लाहककार चन्द्रबहादुर थापाले शुभकामना मन्तव्य दिएका थिए । उक्त कार्यक्रमको सञ्चालन अडान कास्कीका सचिव गुणानिधि पाण्डेले गरेका थिए ।




