अर्थ, वाणिज्य

बागलुङ नगरको एकमात्र उद्यमशील सहकारी साझा चौतारीको साधारणसभा सम्पन्न !

बागलुङ जिल्लाको सदरमुकाम बागलुङ बजारमा रहेको साझा चौतारी युवा उद्यमशील सहकारी सस्था लिमिटेडको तेश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । बागलुङ नगरपालिकामा उद्यमशीलता तर्फ एकमात्र सहकारीको रुपमा स्थापित साझा चौतारीले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत् प्रत्यक्ष प्रसारण गरी साधारण सभा सम्पन्न गरेको हो । कोरोना भाइरस (कोभिड–१९) को जोखिम कामयमै रहेकोले भौतिक उपस्थितिमा साधारण सभा सम्पन्न गर्न समस्या हुने भएकोले सस्थाको फेसबुकबाट प्रत्यक्ष प्रसारण गरी प्रतिनिधिमुलक उपस्थितिमा शनिबार साधारण सभा… पुरा पढौ

मुनाल सहकारीको १३औं वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा श्रेष्ठ निर्वाचित

पोखरा, १८ असोज । पोखराको नयाँबजारमा रहेको मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औं वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशन असोज १३ गते शुरु भई असोज १६ गते शनिबार सम्पन्न भएको छ । संस्थाको पाँचौं अधिवेशनबाट आगामी ४ बर्षका लागी नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । कार्यसमितिको अध्यक्षमा मगनलाल श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन भने उपाध्यक्षमा डा. विष्णुप्रसाद चापागाईं, सचिवमा नारायणबहादुर थापा, कोषाध्यक्षमा रमेशकुमार पौडेल तथा कार्यसमिति सदस्यहरूमा… पुरा पढौ

नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङको अध्यक्षमा राजभण्डारी

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङको अध्यक्षमा मुकेशचन्द्र राजभण्डारी चयन भएका छन् । मंगलबार सम्पन्न दोस्रो अधिवेशनबाट राजभण्डारी अध्यक्षमा २५ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत रुपमा गठन भएको हो ।जसको उपाध्यक्षमा गगन पुन (बानपा), कौशिला घर्ती (गलकोट), सुरज विक (ढोरपाटन), भीम घर्ती (ताराखोला) र प्रकाश शर्मा (जैमिनी) चयन भएका छन् । मंगलबार सम्पन्न जिल्ला अधिवशेनबाट महासचिवमा गोकुल कँडेल, सचिवमा प्रकाश रखाल, सह–सचिवमा तुलसीनारायण भारी, कोषाध्यक्षमा… पुरा पढौ

कृषि बाली र पशु बीमामा अब ८० % अनुदान

सरकारले कृषि बाली र पशु बीमामा दिँदै आएको प्रिमियम अनुदान वृद्धि गरेको छ । अहिलेसम्म यस्तो बीमा गर्न ५० प्रतिशत अनुदान दिँदै आएको सरकारले दायरा विस्तार गरी ८० प्रतिशत पुर्याएको हो । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले आज संसदमा अर्थसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक प्रस्तुत गरेका हुन् । कृषि तथा पशुजन्य व्यवसायमा जोखिम न्यूनीकरण गरी सो क्षेत्रमा किसानहरूलाई आकर्षित गर्न कृषि बाली तथा पशु बीमाको दायरा विस्तार गरिएको हो । पुरा पढौ

मुल्य सूची नराख्ने बागलुङका १७ व्यवसायीलाई कारवाही

मुल्य सूची नराखी आफुअनुकुल मुल्य निर्धारण गरी फलफूल बेच्ने बागलुङका १७ व्यवसायीलाई कारवाहीमा परेका छन् ।बागलुङ बजार अगुमनको क्रममा अधिकांस तरकारी तथा फलफूल पसलले मुल्य सूचि विना ग्राहलाई आफुखुसी मुल्य लिने गरेको पाईएको हो । जिल्ला प्रशासन कार्यलयको आयोजनामा ,घरेलु तथा साना उद्योग कार्यलय जिल्ला प्रहरी कार्यलय ,बागलुङ नगरपालीका ,राष्ट्रिय उपभोक्ता मञ्च लगाएतको टोलीले बजार अनुगमन गरेको थियो । बागलुङ बजारमा संचालित १७ तरकारी तथा फलफूल पसलले विना मुल्य सूचि… पुरा पढौ

लेखनाथ उद्योग वाणिज्य संघको चुनाव रोकियो

लेखनाथ उद्योग बाणिज्य संघको १३ औं महाधिवेशन स्थगित भएको छ । महाधिवेशन भदौ १८ र १९ गतेका लागि तय भएको थियो ।चुनावी प्रक्रियामा हुने भीडले महामारी बढ्नसक्ने भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीको आग्रहमा चुनाव रोकिएको हो । यसअघि भएका निर्वाचनका प्रक्रियालाई यथावत राख्दै बाँकी कार्यक्रम अर्काे सूचना नभएसम्मका लागि रोकिएको अध्यक्ष वलराम ढकालले जानकारी दिए ।संघको अध्यक्षमा वर्तमान वरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेय, संस्थागत सदस्यमा रामबहादुर गुरुङ र एसोसियट सदस्यमा मेघराज… पुरा पढौ

ज्ञानबहादुर चेम्बर कार्यवाहक अध्यक्ष

पोखरा चेम्बर अफ कमर्स कास्कीको कार्यसमिति बैठकले उद्योगतर्फका उपाध्यक्ष ज्ञानबहादुर नेपालीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको छ । चेम्बर अध्यक्ष किसान सुनार गण्डकी प्रदेश चेम्बर अध्यक्ष मनोनित भएपछि उपाध्यक्ष नेपालीलाई कार्यवाहक दिइएको हो । कार्यवाहक अध्यक्ष नेपालीले चेम्बरको तेस्रो साधारण सभा तथा प्रथम अधिवेशनसम्मका लागि काम गर्ने महासचिव उमराज बास्तोला जानकारी दिए । निवर्तमान अध्यक्ष सुनारले कार्यवाहक अध्यक्ष नेपालीलाई औपचारिक समारोहबीच पदभार ग्रहण गराएका छन् । नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी… पुरा पढौ

समाजवाद भेट्न पोखरा महानगरको त्रिवर्षीय योजना

पोखरा महानगरपालिका सहरी योजना आयोगले तयार गरेको त्रिवर्षीय योजनामाथि छलफल गरिएको छ । महानगरले मंगलबार योजनाविद्हरुको उपस्थितिमा योजनामाथि विषयगत छलफल गराएको हो । योजनामा महानगरपालिकाको द्रुत र दिगो विकासका लागि आर्थिक सामाजिक, लोकतन्त्र तथा सुशासन, भौतिक पूर्वाधार जस्ता विषय समेटेर त्रिवर्षीय योजना (२०७८÷७९–२०८०÷८१) तयार गरिएको महानगर सहरी योजना आयोगका उपाध्यक्ष डा. रामचन्द्र लामिछानेले जानकारी दिए । लामिछानेका अनुसार योजनाले समाजवाद उन्मुख समाजको निर्माणका लागि पोखराको आर्थिक र सामाजिक विकासको मोडल… पुरा पढौ

पोखरा चेम्बरको अधिवेशन स्थगित

पोखरा चेम्बर अफ कमर्स कास्कीको तेस्रो वार्षिक साधारण सभा तथा प्रथम अधिवेशन स्थगित भएको छ । चेम्बरको शुक्रबार बसेको कार्यसमिति बैठकले साधारण सभा तथा अधिवेशन स्थगित गर्ने निर्णय गरेको सचिव प्रेम सुवेदीले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय कास्कीले कोभिड १९ को संक्रमण बढिरहेको अवस्थामा सभा, सम्मेलन तथा भेला गर्न रोक लगाएको छ । चेम्बरको गत साउन १५ गतेको कार्यसमिति बैठकले भदौ ५ गते शनिबार अधिवेशन गर्ने निर्णय गरेको थियो… पुरा पढौ

भूमि आयोग खारेज नगर्न माग

नेपाल सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय फिर्ता गराउन माग गर्दै आज पोखरामा हस्ताक्षर संकलन अभियान सञ्चालन भएको छ । अखिल नेपाल किसान महासंघ कास्कीद्वारा जिल्ला प्रशासन कार्यालय अघि सहिदचोकस्थित चौतारामा हस्ताक्षर अभियान सञ्चालन गरेको हो । बर्षौदेखि खनजोत एवम् उपयोग गर्दै आएका किसान, पुस्तौदेखि एक आना जग्गा पनि नभएका सुकुम्वासीलाई जग्गाको मालिक बनाउने लक्ष्यका साथ काम गरिरहेको आयोग खारेजको विरोधमा हस्ताक्षर संकलनमा गरिएको किसान महासंघ कास्कीका… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं