नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङको अध्यक्षमा राजभण्डारी


नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङको अध्यक्षमा मुकेशचन्द्र राजभण्डारी चयन भएका छन् । मंगलबार सम्पन्न दोस्रो अधिवेशनबाट राजभण्डारी अध्यक्षमा २५ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत रुपमा गठन भएको हो ।
जसको उपाध्यक्षमा गगन पुन (बानपा), कौशिला घर्ती (गलकोट), सुरज विक (ढोरपाटन), भीम घर्ती (ताराखोला) र प्रकाश शर्मा (जैमिनी) चयन भएका छन् ।

मंगलबार सम्पन्न जिल्ला अधिवशेनबाट महासचिवमा गोकुल कँडेल, सचिवमा प्रकाश रखाल, सह–सचिवमा तुलसीनारायण भारी, कोषाध्यक्षमा मनकाजी विश्वकर्मा र सह–कोषाध्यक्षमा नरबहादुर केसी चयन भएको संगठनका निर्वतमान अध्यक्ष राजबहादुर थापाले जानकारी दिए ।

थापाका अनुसार कमला पुन (निसी), नरकुमार गोतामे (तमान), गीता खड्का (बानपा), राजु खड्का (बानपा), हिटायत हुँसेन (बानपा), गोविन्द सुवेदी (जैमिनी), अजय मलेपति (बानपा), डोरबहादुर खड्का (बडिगाड), तिलबहादुर खत्री (बडिगाड), जगबहादुर राना (काठेखोला), टेकबहादुर धमाल (बानपा), बलबहादुर थापा (बरेङ), दुर्गा विश्वकर्मा (बानपा) र राजन सापकोटा (बानपा) चयन भएका छन् ।
यस्तै, महिला उद्यमीमा ललिता थापाको संयोजकत्वमा तीन सदस्य कमिठी गठन गरिएको छ । नरमाया पुन र सम्झना श्रेष्ठ सदस्य रहेका छन् ।
आज सम्पन्न अधिवेशनले अर्जुन चोखाल, चिनिमाया काला, मनोज थापा र जशोदा शर्मालाई प्रदेश प्रतिनिधि तथा रतनप्रसाद मलेपति, राजबहादुर थापा र सुन्दरी श्रेष्ठ केन्द्रीय प्रतिनिधिमा सिफारिस गरेकाे छ ।

त्यस्तै लालचन्द्र राजभण्डारीकाे संयाेजकत्वमा १० सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको अध्यक्ष राजभण्डारीले जानकारी दिए ।